टोकियो – नयाँ कार्यकालका लागि अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) अन्तर्गत प्रकाशन हुँदै आएको ‘अन्तर्दृष्टि’ साहित्यिक पत्रिकाको सम्पादन मण्डल विस्तार गरिएको छ । २०२५-२०२६ कार्यकालका लागि पुनर्गठित मण्डलमा प्रधान सम्पादकको रूपमा दिनेश राज ज्ञवाली नियुक्त भएका छन् ।
सहसम्पादकका रूपमा खिमानन्द पोखरेल, दीपा राई पुन, सुशीला खड्का ‘हसीना’, दिपेन्द्र जोशी ‘निक’, प्रेमिला गौचन, महता घिमिरे चापागाईं, विष्णु बिभु घिमिरे, रिजा प्रधान, महेन्द्र भट्टराई, ललित श्री, खेमराज सुबेदी, आर्यश, पुष्कर जंग थापा, अनिल कुमार निर्दोष, विष्णु वाग्ले र सुमन कार्की सहभागी छन् ।
नवगठित मण्डलले अनेसासको मुखपत्रस्वरूप रहेको ‘अन्तर्दृष्टि’ पत्रिकाको आगामी अंक प्रकाशनको तयारी गरिरहेको छ । यसका लागि विभिन्न विधाका सिर्जनात्मक रचनाहरूको माग गरिएको छ ।
रचना विधा र शब्दसीमा
१. कविता
- हाइकु: अधिकतम ५ वटा
- मुक्तक: अधिकतम ३ वटा
- पद्यकविता: अधिकतम ५ श्लोक
- गद्यकविता: अधिकतम १५० शब्द
- गजल: अधिकतम ८ शेर
२. कथा / लघुकथा
- समसामयिक विषयमा आधारित, ३,००० शब्दभित्र
३. समालोचना
- न्यूनतम २,५०० शब्द र अधिकतम ४,००० शब्द
४. समीक्षा
- अधिकतम ५०० शब्द
५. यात्रा निबन्ध
- अधिकतम ३,००० शब्द
६. एकाङ्की नाटक
- अधिकतम २,००० शब्द
७. ललित (भावपरक) निबन्ध
- अधिकतम ३,००० शब्द
रचना पठाउने नियमहरू
१. रचना युनिकोड वा प्रीति फन्टमा टाइप गरिएको हुनुपर्नेछ।
२. रचनासँगै रचनाकारको फोटो अनिवार्य रूपमा पठाउनुपर्नेछ।
३. भाषिक शुद्धतामा विशेष ध्यान दिइनेछ – ह्रस्व-दीर्घ, व/ब, इ/ई, श/ष/स, छय्/क्ष आदिमा शुद्धता अपेक्षित छ।
४. रचना पठाउने अन्तिम मिति २०८२ वैशाख १७ (अप्रिल ३०, २०२५) रहेको छ।
५. रचना छनोटको सम्पूर्ण अधिकार सम्पादक मण्डलमा निहित रहनेछ।
६. उत्कृष्ट गद्य तथा पद्य रचनालाई नगद पुरस्कारसहित सम्मानपत्र प्रदान गरिनेछ।
७. हरेक विधाका उत्कृष्ट रचनालाई पनि यथोचित सम्मान गरिनेछ।
सम्पर्क : रचना, शुभकामना सन्देश वा विज्ञापन पठाउन चाहनेले २०२५ अप्रिल ३० भित्रमा [email protected] मा सम्पर्क गर्न अनुरोध गरिएको छ ।