Deneme Bonusu Veren Siteler
सोमवार, बैशाख ८, २०८२
Monday, April 21, 2025

समाचार सुन्नुहोस : 

काठमाडौँ – बुटवलको सुप्रिम बचत तथा सहकारी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई आज प्रक्रिया पूरा गर्न रुपन्देहीस्थित जिल्ला अदालतमा उपस्थित गराइने भएको छ। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार आज कार्यालय खुलेपछि आवश्यक कानुनी प्रक्रिया पूरा गरेर लामिछानेलाई भैरहवा कारागार पठाइने तयारी गरिएको छ।

अदालतमा पेस गरेपछि उनलाई हिरासतमा राख्ने प्रक्रियालाई औपचारिकता दिनेछ। उच्च अदालत तुलसीपुरको बुटवल इजलासले लामिछानेविरुद्ध पक्राउ अनुमति दिएपछि उनलाई शुक्रबार काठमाडौंबाट पक्राउ गरिएको थियो। शनिबार विमानमार्फत भैरहवा ल्याइएपछि जिल्ला प्रहरी कार्यालयमा राखिएको हो।

सुप्रिम सहकारीमा ठगीसम्बन्धी आरोपमा मुछिएका लामिछानेविरुद्ध मुद्दा अघि बढेसँगै कानुनी प्रक्रिया अनुसार कारवाही अघि बढाइएको प्रहरीले जनाएको छ।

 

 

 

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया