Deneme Bonusu Veren Siteler
मङ्लबार, बैशाख २, २०८२
Tuesday, April 15, 2025

टोकियो – एभरेष्ट इन्टरनेशनल स्कुल जापानको आईतबार सम्पन्न सातौ अधिवेशनले किरणविक्रम थापाको अध्यक्षतामा नयाँ सञ्चालक समितिको गठन गरेको छ ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

सञ्चालक समितिको उपाध्यक्षमा ओम गुरुङ चयन हुनुभएको छ भने सदस्यहरुमा कमलचन्द्र आचार्य, कपिलदेव थापा, सगुन थापा, दिलबहादुर थापा (रामु) र अर्जुन खरेल चयन हुनुभएको छ । थप दुई जना सदस्य नयाँ कार्यसमितिको पहिलो बैठकले मनोनित गर्नेगरी अधिवेशनले म्यान्डेट दिएको बताईएको छ । यसैगरी सञ्चालक समितिको ७ सदस्यीय सल्लाहकार समितिमा महेशकुमार श्रेष्ठ, भूषण घिमिरे, तिलक मल्ल, नरबहादुर थापा, पारसमणि पोखरेल, टंक गैरे चयन हुनुभएको छ भने थप १ जना नवगठित समितिले मनोनित गर्ने जिम्मेवारी तोकिएको छ । अधिवेशनले स्कुल सञ्चालक समितिको प्रमुख संरक्षकमा जापानका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुबेदी, संरक्षकद्वयमा निवर्तमान अध्यक्ष भवन भट्ट र संस्थापक अध्यक्ष डा. भूपालमान श्रेष्ठलाई चयन गरेको छ । यसैगरी अधिवेशनले संस्थापक अध्यक्ष डा. श्रेष्ठलाई विद्यालयको एक्याडेमिक विभाग प्रमुखको जिम्मेवारी समेत तोकेको छ ।

यसैगरी स्कुलको आर्थिक गतिविधिमा अनुगमन एवं नियमनकारी भूमिका निर्बाह गर्नका लागि अधिवेशनले हवलचन्द्र लामाको संयोजकत्वमा डिपी कँडेल र बाबुराम भण्डारी सदस्य रहेको तीन सदस्यीय अधिकार सम्पन्न आन्तरिक लेखा समिति पनि गठन गरेको छ ।

एभरेष्ट इन्टरनेशनल स्कुल, जापानका सञ्चालक समितिका अध्यक्ष भवन भट्टको सभापतित्वमा भएको सातौ अधिवेशन समारोहमा प्रिन्सिपल बिष्णुप्रसाद भट्टले स्कुलको प्रशासनिक तथा स्कुल सञ्चालन सम्बन्धि कार्यप्रगति प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो भने भाइस प्रिन्सिपल राजेन्द्र तामाङले स्कुलको शैक्षिक गतिविधिसंग सम्बन्धित कार्यप्रगति प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो । यसैगरी अधिवेशनमा नियमावली संशोधन समितिका संयोजक ओम गुरुङले राख्नुभएको नियमावली संशोधन सम्बन्धि प्रस्ताव पारित गरिएको छ । लगत्तै आन्तरिक लेखा समितिका तर्फबाट गुरुङले आर्थिक प्रतिवेदन पेश गर्नुभएको थियो भने विद्यालयका लेखा अधिकृत चक्रसिंह ठकुरीले स्कुलको समग्र आय-ब्ययको स्थिति प्रष्ट्याउनुका साथै आगामी आर्थिक वर्षको आर्थिक प्रोजेक्शन समेत पेश गर्नुभएको थियो । प्रस्तुत आर्थिक प्रतिबेदनहरुमाथि टिप्पणी गर्दै लेखा समितिका संयोजक भूषण घिमिरे र सल्लाहकार महेशकुमार श्रेष्ठले स्कुलको समग्र फिनान्सियल अवस्थाको चित्रण गर्नुका साथै सुधार गर्नुपर्ने पक्षहरुका बारेमा प्रकाश पार्नुभएको थियो ।

राष्ट्रियगानबाट सुरु भएको अधिवेशन समारोहमा गत जनवरी २८ मा असामयिक निधन हुनुभएका सञ्चालक समितिका तात्कालिन उपाध्यक्ष इ. मेघराज नेपालको दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै १ मिनेट मौनधारण गरिएको थियो । सञ्चालक समिति अन्तर्गत कार्यकारी बोर्डकी सदस्य सगुन थापाको स्वागत मन्तब्य रहेको सो अधिवेशन समारोहमा प्रमुख अतिथि जापानका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुबेदीले भर्च्युअल सम्बोधन गर्दै स्कुल अब राष्ट्रिय, अन्तर्राष्ट्रियरुपमै ब्राण्ड बनिसकेकोले अझ थप उचाई हासिल गर्न नयाँ कार्यसमितिलाई सफलता मिलोस् भन्ने शुभकामना दिनुभएको थियो ।

सातौ अधिवेशन समारोहमा कार्यकारी समितिका सदस्यहरुको प्रतिधित्व गर्दै कमलचन्द्र आचार्यले भर्च्युअल मन्तब्य राख्नुभएको थियो भने प्रमोटरहरुको तर्फबाट टंक गैरे र अर्जुन खरेलको शुभकामना मन्तब्य रहेको थियो ।

यसैगरी अधिवेशन समारोहमा संस्थापक अध्यक्ष डा. भूपालमान श्रेष्ठ र सल्लाहकारहरुको प्रतिनिधित्व गदै किरणविक्रम थापाज्यूले शुभकामना मन्तब्य सहित आफ्नो धारणा राख्नुभएको थियो ।

नेपाल एजुकेशन सेन्टरद्वारा सञ्चालित एभरेष्ट इन्टरनेशनल, स्कुल अघिल्लो अधिवेशनदेखि नै बिजनेश मोडलमा जाने नीति अवलम्बन गरेसंगै निर्माण भएको EISJ कम्पनीको कार्यकारी प्रमुखमा सातौं अधिवेशनले दिपक सुबेदीलाई चयन गरेको छ भने अन्य डिरेक्टर सदस्यहरुमा रोशन केसी, बिशेश्वर रेग्मी, केशव थापा र कामना भण्डारी चयन हुनुभएको छ ।

अधिवेशनको शुभारम्भमा कक्षा ६ र ८ का छात्राहरु क्रमशः तृष्टि पौडेल, शितल सापकोटा, परिक्रमा अधिकारी र निङ्वामी राईको स्वागत नृत्य रहेको थियो । सातौं अधिवेशन समारोहलाई समापन गर्दै सभाध्यक्ष भट्टले कार्यकाल सफल र परिणाममुखी बनाउन सहयोग गर्नुहुने सबैप्रति आभार प्रकट गर्नुभयो ।  सभाध्यक्ष भट्टद्वारा मौजुदा कार्यसमित विघटन गरेलगत्तै अधिबेशनले तोकेको जिम्मेवारी अनुसार पुनः भवन भट्टको संयोजकत्वमा महेशकुमार श्रेष्ठ र तिलक मल्ल सदस्य रहेको अध्यक्ष मण्डलले सर्बसम्मत नयाँ सञ्चालक समिति निर्माण गरेको थियो र जसअनुसार संयोजक भट्टले नयाँ सञ्चालक समिति र जसअन्तर्गतका अन्य जिम्मेवारीहरुको विवरण घोषणा गर्नुभएको थियो ।
अधिवेशन समारोहको अन्त्यमा, सफल कार्यकाल सम्पन्न गरी विद्यालयलाई पुर्‍याएको योगदानका लागि उच्च कदर गर्दै संरक्षकमा चयन हुनुभएकोमा भवन भट्ट र डा. भूपालमान श्रेष्ठलाई दोसल्ला ओढाई सम्मान गरिएको थियो भने सञ्चालक समितिका नयाँ अध्यक्ष किरणबिक्रम थापा र कम्पनीका कार्यकारी प्रमुख दिपक सुबेदीलाई फूलको गुच्छाले बधाई ज्ञापन गरिएको थियो । टोकियो, ओगिकुबो स्थित विद्यालयको आफ्नै सभाहलमा भएको सातौ अधिवेशन समारोहको सञ्चालन विद्यालय सञ्चालक समितिका सल्लाहकार तिलक मल्लले गर्नुभएको थियो । एभरेष्ट इन्टरनेशनल स्कुल जापानमा जम्मा ६५ जना प्रोमोटर सदस्य मध्य अधिवेशनमा ३१ जना प्रोमोटर सदस्यहरुको भौतिक उपस्थिति रहेको थियो भने ७ जनाको भर्च्युअल उपस्थिति रहेको थियो । ***

तपाईको प्रतिक्रिया