Deneme Bonusu Veren Siteler
सोमवार, बैशाख ८, २०८२
Monday, April 21, 2025

काठमाडौं – ‘गणतन्त्र र राष्ट्रियताको रक्षा गरौं, संघीयता खारेज गरौं’ भन्ने नारासहित राष्ट्रिय जनमोर्चाले आन्दोलन थालेको छ । राजसंस्था पुनः स्थापनाको मागसहित आन्दोलन भइरहेका बेला जनमोर्चाले भने गणतन्त्र रक्षा हुनु पर्ने माग गर्दै सडक आन्दोलन थालेको हो ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

जनमोर्चाले आइतबार जारी गरेको विज्ञप्तिमा नेपालको परिप्रेक्षकमा संघीयता भने अभिशाप भएको बताएको छ । कमजोर देशका लागि सङ्घीयता देश र जनताको हितमा नभएको दोहोर्‍याउँदै उसले संघीयताको प्रधान पक्ष त्यसको प्रादेशिक संरचना भएको बताएको छ ।

जनमोर्चाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘नेपाल जस्तो सानो, पिछडिएको, आर्थिक दृष्टिकोणले धेरै नै कमजोर देशका लागि संघीयता देश र जनताको हितमा नभएको कुरा दिनको उज्यालो झैँ छर्लङ्ग छ । तैपनि विदेशी साम्राज्यवादीहरूको निहित स्वार्थ पूरा गर्न उनीहरूको दबाबमा नै नेपालका विभिन्न राजनीतिक पार्टीहरूले संघीयतालाई नेपालमाथि लादेका हुन् । त्यसले देशलाई राष्ट्रिय विखण्डन, क्षेत्रीय विभाजनको स्थितिको सृजना गर्नुका साथै देशको विकासलाई पनि कुण्ठित गर्ने कुरा प्रस्ट छ । त्यसका साथै सङ्घीयताका कारणले देशमा जातीय विग्रह पैदा हुने र देश टुक्रा टुक्रा हुँदै जाने खतरातिर पनि हाम्रो ध्यान जानुपर्ने आवश्यकता छ ।’

स्थानीय निकायलाई थप बलियो र अधिकार सम्पन्न बनाउनुपर्नेमा जनमोर्चाको माग छ । आन्दोलन ३० गतेसम्म जारी रहने बताउँदै जनमोर्चाले गणतन्त्र, राष्ट्रियताको रक्षा र संघीयतालाई खारेज गर्नका लागि व्यापक रूपले एकताबद्ध हुन र संघर्षमा उत्रन सबैमा अपिल पनि गरेको छ ।

तपाईको प्रतिक्रिया