Deneme Bonusu Veren Siteler
सोमवार, बैशाख ८, २०८२
Monday, April 21, 2025

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सहित राजावादी समूहले शनिबार साँझ प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको शालिकमा कालोमोसो दलेको घटना भवितव्य रूपमा भएको स्वीकार्दै माफी मागेको छ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

राजावादीहरूले बाँके २ का सांसद एवं राप्रपा महामन्त्री धवलशमशेर राणाको रिहाइको माग गर्दै शनिबार साँझ राँके जुलुस निकालेका थिए । सोही क्रममा उनीहरूले बीपी कोइरालाको नेपालगञ्जस्थित शालिकमा कालोपोत्ने (कालो कपडाले ढाक्ने) सहितका हर्कत गरेका थिए । बीपीको शालिकमा कालोमोसो दलेको फोटो भाइरल भएपछि चौतर्फी आलोचना भइरहेको छ ।

उक्त फोटो भाइरल भएर व्यापक आलोचना हुन थालेपछि राप्रपाको नगर कार्यसमिति नेपालगञ्जले एक विज्ञप्तिमा जारी गर्दै माफी मागेको हो । राप्रपाले उक्त भवितव्य घटनाबाट कुनै पनि राजनीतिक दल र व्यक्तिको आस्थाप्रति ठेस पुगेकोमा हामीलगायत नगर कार्यसमिति क्षमाप्रार्थी छौँ’ भनेको छ ।

राप्रपाको नगर कार्यसमितिका अध्यक्ष हुकुम सिंह केसीले आफ्ना नेताहरूको रिहाइको माग राखेर गरिएको राँके जुलुसमा प्रहरीले हस्तक्षेप गरेपछि उक्त घटना भएको दाबी गरेका छन् ।

तपाईको प्रतिक्रिया