Deneme Bonusu Veren Siteler
बिहिबार, बैशाख ४, २०८२
Thursday, April 17, 2025

टोकियो – जापानको राजधानी टोकियोमा युवतीमाथि यौन दुर्व्यवहार र लुटपाट गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । प्रहरीले ३३ वर्षीय ट्याक्सी चालक योहोइ फुकुदालाई टोकियोको एक अपार्टमेन्टमा जबरजस्ती प्रवेश गरी २० वर्षकी महिलामाथि यौन दुर्व्यवहार र लुटपाट गरेको आरोपमा पक्राउ गरिएको हो ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन) - जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने - जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

प्रहरीका अनुसार घटनास्थल टोकियोको अदाची वार्डमा बिहीबार बिहान करिब ४ बजे भएको हो । उनले हथौडा प्रयोग गरी अपार्टमेन्टको बालकोनीको झ्याल फुटाएर तेस्रो तलाको अपार्टमेन्टमा प्रवेश गरेका थिए । उनलाई ती महिलामाथि यौन दुर्व्यवहार गरेको र २० हजार येन नगद चोरी गरेको आरोप लागेको छ ।

प्रहरीले बताएअनुसार, फुकुदाले त्यसपछि ती महिलालाई छुरी देखाएर डराए, लुगा लगाउन बाध्य पारे र नजिकैको कनभिनियन्स स्टोरमा लगे जहाँ उनले एटिएम बाट ५० हजार येन निकाल्न लगाएका थिए । त्यसपछि उनी फरार भएका थिए । महिलाले तत्काल ११० मा फोन गरेर घटनाको जानकारी दिएकी थिइन् ।

प्रहरीले कनभिनियन्स स्टोरको निगरानी क्यामेराबाट फुकुदाको पहिचान गरेका थिए । उनलाई शुक्रबार साइतामा प्रिफेक्चरको एक मनोरञ्जनस्थलबाट पक्राउ गरिएको हो । ‘ती महिलालाई मैले चिनेका थिएन। मैले साथीबाट ऋण लिएको थिएँ र पैसाको अभाव थियो,’ फुकुदाले प्रहरीसँग भनेका छन्, ‘मलाई लाग्यो, मैले कुनै महिलालाई आक्रमण गरे भने उसले रिपोर्ट गर्दिन ।’

तपाईको प्रतिक्रिया