Deneme Bonusu Veren Siteler
सोमवार, बैशाख ८, २०८२
Monday, April 21, 2025

समाचार सुन्नुहोस : 

काठमाडौँ – बागमती गाउँपालिका–३ छपेलीमा प्रहरीले भारतीय नम्बर प्लेटको एम्बुलेन्समार्फत लागुऔषध ओसारपसार गरिरहेको पत्ता लगाउँदै ठूलो मात्रामा ट्रामाडोल ट्याब्लेट बरामद गरेको छ।

जिल्ला प्रहरी परिसर ललितपुरका सूचना अधिकारी तथा प्रहरी उपरीक्षक नरहरि रेग्मीका अनुसार, भारतको बिआर ०५ प ०४२१ नम्बरको उक्त एम्बुलेन्स मकवानपुरबाट कान्तिलोकपथ हुँदै काठमाडौं आउँदै गर्दा भट्टेडाँडामा नियमित चेकजाँचका क्रममा रोकेर जाँच गर्दा ९४ हजार ८० थान ट्रामाडोल ट्याब्लेट फेला परेको हो। प्रहरीका अनुसार लागुऔषध कारोबारमा संलग्न समूहले बिरामीलाई ‘कभरेज’ बनाएर ओसारपसारको योजना बनाएको देखिएको छ। आठ वर्षको बालक, १६ वर्षीय किशोर र एक बिरामी महिलालाई प्रयोग गरेर एम्बुलेन्सलाई सामान्यजस्तो देखाउने प्रयास गरिएको थियो।

साथै, एम्बुलेन्स चालकसहित एक जनालाई नियन्त्रणमा लिइएको र उनीहरूबाट तीन थान मोबाइल फोन पनि बरामद गरिएको प्रहरीले जानकारी दिएको छ। घटनाको थप अनुसन्धान जारी रहेको जनाइएको छ।

 

 

 

 

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया