समाचार सुन्नुहोस :
वर्गीकृत विज्ञापन
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई प्रहरीले शुक्रबार साँझ काठमाडौंस्थित बूढानीलकण्ठको निवासबाट पक्राउ गरेको छ। रूपन्देहीको सुप्रिम सहकारी ठगी तथा संगठित अपराधसम्बन्धी मुद्दामा उच्च अदालत तुलसीपुरको बुटवल इजलासले थुनामा पठाउने आदेश जारी गरेपछि प्रहरीले लामिछानेलाई नियन्त्रणमा लिएको हो।
उच्च अदालतको संयुक्त इजलास, न्यायाधीश रमेश ढकाल र स्वीकृति पराजुलीले लामिछानेलाई थुनामा राखेर अनुसन्धान अघि बढाउन आदेश दिएको हो। यसअघि, रूपन्देही जिल्ला अदालतले उनलाई एक करोड रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएको थियो। तर उच्च अदालतले जिल्ला अदालतको निर्णय बदर गर्दै पुर्पक्षका लागि थुनामा राख्नुपर्ने आदेश दिएको हो।
प्रहरी स्रोतका अनुसार पक्राउ परे पनि लामिछानेलाई शुक्रबार नै रूपन्देही लैजाने तयारी छैन। उनलाई अहिले जिल्ला प्रहरी परिसर, काठमाडौंको हिरासतमा राखिएको छ र शनिबार मात्र रूपन्देही पठाइने बताइएको छ। सुप्रिम सहकारी काण्डमा लामिछानेको संलग्नता रहेको आरोपमा अनुसन्धान अघि बढाइने बताइएको छ।