Deneme Bonusu Veren Siteler
सोमवार, बैशाख ८, २०८२
Monday, April 21, 2025

काठमाडौं – नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङले नेपालको लोडसेडिङ अन्त्य कुनै चमत्कार नभई इमान्दार प्रयास रहेको बताएका छन् । सरकारले कार्यकारी निर्देशकबाट हटाएपछि शुक्रबार पत्रकार सम्मेलन गर्दै उनले यस्तो बताएका हुन् ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

उनले आफ्नो नेतृत्वमा प्राधिकरणमा गौरवमय यात्रा तय भएको पनि बताए । प्राधिकरणको सम्पत्ति हाल ३ गुणाले वृद्धि भएको उनले जानकारी दिए । उनले भने, ‘पहिला प्राधिकरण धाउने अवस्था थियो, अहिले फेरियो, बरु नपुगेको घर खोज्दै विद्युतीकरण प्राधिकरणले गरिरहेको छ ।’ उनले लोडसेडिङको अन्त्य गरी ३० लाख विद्यार्थीहरूको भविष्य बनाउन पनि सफल भएको बताएका छन् ।

घिसिङले आफू विचलित नभएको प्रतिक्रिया दिएका छन् । उनले आम नागरिकको रुपमा आफूले गर्ने काममा कहिल्यै कमी नहुने उनले बताएका छन् । ‘सरकारको निर्णयले काम गर्ने कर्मचारीलाई हतोत्साहित बनायो, म जिम्मेवार नागरिकका रुपमा कहिले कम हुने छैन,’ उनले भनेका छन्, ‘राज्यको सबै शक्ति ममाथि खनाइयो, यसमा जनता आफैं प्रष्ट छ, सार्वभौम संसद् दुरुपयोग गरियो, यसबाट म विचलित भएको छैन ।’

उनले आफूमाथि ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दिपक खड्काले अनावश्यक नैतिक प्रश्न उठाउने काम गरेको पनि आरोप लगाएका छन् । ‘प्राधिकरणलाई बक्यौता असुल गर्ने काममा अवरोध सिर्जना गरियो, विद्युत्मा आत्मनिर्भर बनाउने मेरो प्रयास थियो,’ ममाथि वर्तमान ऊर्जामन्त्रीबाट अनावश्यक नैतिक प्रश्न उठाउने काम भयो, परिपक्व सल्लाह मार्गदर्शन दिनुको सट्टा मनोबल गिराउन सुनियोजित आक्रमण गरियो ।’

तपाईको प्रतिक्रिया