समाचार सुन्नुहोस :
वर्गीकृत विज्ञापन
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
काठमाडौँ – सभामुख देवराज घिमिरे अन्तर व्यवस्थापिका सङ्घको १५०औँ वार्षिकसभा तथा असंलग्न आन्दोलन संसदीय सञ्जालको चौथो शिखर सम्मेलनमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उज्वेकिस्तानको राजधानी ताश्केन्ट प्रस्थान गरेका छन्। प्रतिनिधिमण्डलमा संघीय सांसदहरू श्याम कुमार घिमिरे, अञ्जान शाक्य, सूर्यमान दोङ तामाङ, सोबिता गौतमलगायत संसद सचिवालयका पदाधिकारीहरू सहभागी छन्।
दुवै अन्तर्राष्ट्रिय सम्मेलन चैत्र २३ देखि २७ गतेसम्म ताश्केन्टमा हुँदैछ। सभामुख घिमिरेले ‘सामाजिक विकास र न्यायका लागि संसदीय कदमहरू’ विषयमा सम्बोधन गर्नेछन् भने सांसद श्याम कुमार घिमिरे र सूर्यमान दोङ तामाङले स्थायी समिति बैठकमा भाग लिनेछन्। सांसद अञ्जान शाक्य महिला सांसद मञ्चमा सहभागी हुने छन् र एसिया–प्रशान्त क्षेत्रबाट दिगो विकास स्थायी समितिमा उम्मेदवारी प्रस्तुत गर्नेछिन्। सांसद सोबिता गौतम युवा सांसद मञ्चमा सहभागी हुने कार्यक्रम छ।
साथै, महासचिव पद्मप्रसाद पाण्डेय संसद महासचिवहरूको बैठकमा सहभागी हुनेछन्। चैत्र २४ गते असंलग्न आन्दोलन संसदीय सञ्जाल सम्मेलनमा सभामुख घिमिरेले ‘बन्दुङ आत्माको ७० वर्ष’ विषयमा मन्तव्य दिनेछन् र विभिन्न देशका सभामुखहरूसँग साइडलाइन भेटवार्ता गर्नेछन्।