Deneme Bonusu Veren Siteler
सोमवार, बैशाख १, २०८२
Monday, April 14, 2025

भविष्य बनाउन जापान आएका हामी नेपालीहरु वा जो कोही विदेशीले यहाँको दैनिक जीवन यापनका आधारभूत नियम पालना गर्नु पहिलो कर्तव्य हो । जापानमा पाईला टेकेकै दिनदेखि काम लाग्ने ब्यवहारिक विषयमा हामी अग्रिम जानकार हुन सक्यौं भने सुरुको दिनदेखि नै जापानको दैनिकीलाई ब्यवस्थापन गर्न सहज हुन्छ । यहाँको पहिलो खुड्किलो भनेको जापानी भाषा हो । उनीहरुको देशमा आफ्नो भविष्य खोज्न आएका हामीलाई हाम्रो सजिलोका लागि उनीहरुले अंग्रेजी बोलिदिए हुन्थ्यो भन्ने अपेक्षा गर्नु सरासर गलत हो । तसर्थ जति सकिन्छ हरसंभवका उपायहरु लगाएर जतिसक्दो भाषा राम्रो बनाउने प्रयत्न नियमित जारी राख्नु सबैभन्दा बुद्धिमानी हो । भाषासंगै जापानमा शिष्टाचारका पनि आफ्नै नियम छन् । घरपरिवारभित्र होस् वा आनो अफिसभित्र बोलिने भाषा र बाहिर अतिथि वा ग्राहकसंग प्रयोग हुने भाषा र ब्यवहारबीच हुने फरकपन बारे पनि खास भेउ पाउन सकियो भने जापान बसाईलाई सहज बनाउन थप मदत पुग्छ ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

एउटै हिउँदले जापान बुझ्न सकिदैंन । जापान बुझ्न समय लाग्छ । सतही बुझाईले खास जापान बुझिदैन । जापान भोगाईका अनेकन चरण र पार गरेका थुप्रै गल्छेडाहरुबाट के ठोकुवा गर्न सकिन्छ भने जापान यत्तिकै जापान भएको होइन रहेछ । जहाँ जहिले पनि आफुलाई सबैभन्दा तल राखेर अतिथि वा ग्राहकलाई महशुस हुने गरी उच्च स्थानको सम्मान र हैसियतको ब्यवहार गर्ने जापानको सँस्कार साँच्चिकै लोभलाग्दो छ । कक्षा कोठामा होस् वा कार्यक्षेत्र हरेक ठाउँमा अग्रजप्रतिको सम्मान र अनुजप्रतिको सद्भाव अनुकरणीय त छ नै हरेक दिन नयाँ नयाँ कुरा सिक्ने जिज्ञासु कल्चरले पनि हरेक ब्यक्तिलाई पारङ्गत र परिपक्व बनाउने गरेको हामीले नजिकबाट अनुभव गर्न सकिन्छ । हामी नेपालीहरुले पनि सिक्नैपर्ने यो अर्को महत्वपूर्ण पाटो हो । 

जापानमा यो मार्च महिना हरेक हिसाबले महत्वपूर्ण मानिन्छ । आर्थिक वर्ष र शैक्षिक सत्रको समापन हुने यसै महिनामा आफ्नो पढाई पूरा गरेका हजारौं युवायुवतीहरुले अर्को महिना अप्रिलदेखि जागीरे जीवन सुरु गर्दैछन् । जीवनको अर्को नयाँ अध्याय प्रारम्भ गर्दै गरेका ठूलो सँख्याका यी युवापुस्ताको आगमनले जापानको अर्थतन्त्रमा पनि उत्तिकै महत्व राख्ने अपेक्षा गरिएको छ । कम्पनीमा नवप्रवेशीहरुलाई स्थायी कर्मचारीकारुपमा जिम्मेवार र कामकाजी बनाउन हरेक वर्ष कम्पनीहरुले उत्तिकै महत्व दिने गरेको पाईन्छ । टेलिफोन रिसिभ गर्ने सामान्य तरिकादेखि टेलिफोन संवादशैली, विजनेश मिटिङ एरेञ्ज, मिटिङमा सहभागीहरुका लागि प्रोपर सिट ब्यवस्थापन, ग्राहकसंग पहिलोचोटी भेट्दा गरिने अभिवादन र स्वागत–सत्कार, भिजिटिङ कार्ड आदान–प्रदान गर्ने तरिका, ग्राहकको विदाई, विजनेश इमेल आदान–प्रदान लगायतका विषयमा उनीहरुलाई अत्यन्त सुक्ष्मढंगले सिकाईन्छ । उसो त उनीहरु आफ्नो अध्ययनकै क्रममा यस्ता विषयमा आधारभूत ज्ञान लिईसकेकै हुन्छन् तथापि कम्पनीले आफ्नो तर्फबाट पुनः यस्ता विषयमा सजग र सचेत गराउने प्रचलन जापानमा छ । जसले गर्दा कर्मचारीहरुलाई कम्पनीप्रति थप जबाफदेही बनाउन मदत पुग्दछ । 

जापानमा हेक्का राख्नुपर्ने अर्को महत्वपूर्ण पाटो भनेको आफ्नो कारणले अर्को पक्षलाई बाधा अड्चन हुन नदिनु हो । फोहोरमैला बिसर्जनका सवालमा होस् या छिमेकीलाई असर पर्ने गरी भिडभाड वा हल्लाखल्लाको मामिलामा होस् हामीले उच्च सतर्कता अपनाउन जरुरी छ । सरसफाईका सवालमा पनि जापानमा असाध्यै ध्यान दिन जरुरी छ । दिनभरिको कामबाट फर्कदै गर्दा आफ्नो शरिरबाट आएको स्मेलका कारण अरुलाई बाधा पुगेको हुन सक्छ, कतै भेटघाट वा औपचारिक कार्यक्रममा जाँदा आफ्नो गेटअप अस्वभाविक पो देखिएको छ कि यस्ता विषयमा पनि आफुले पत्तो नपाएको हुन सक्छ, थाहा हुने नजिकका साथीभाइले बेलैमा सचेत गराउनु उपयुक्त हुन्छ । सुन्दा सामान्य लागे पनि जापानमा बाहिर यसो हिडडुल गर्दा, कतै रेष्टुरेन्टमा खाना खान जाँदा, मिटीङमा बस्दा, कसैलाई भेट्न जाँदा, गाडि वा ट्याक्सी चढ्दा को, कहाँको सिटमा बस्ने भन्ने कुरोले निकै अर्थ राख्ने गर्दछ । महत्वपूर्ण व्यक्तिको सम्मानका लागि पहिलो प्राथमिकताका आधारमा सिट निर्धारण गरिने जापानको सँस्कार निकै लोकप्रिय मानिन्छ । यस्ता विषयमा पनि हामी जानकार हुन जरुरी छ ।

तपाईको प्रतिक्रिया