Deneme Bonusu Veren Siteler
सोमवार, बैशाख ८, २०८२
Monday, April 21, 2025

काठमाडौं – काठमाडौं महानगरपालिकामा बिहीबार बिहान असहज अवस्था सिर्जना भयो । सरकारले खटाएका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईलाई कार्यालय प्रवेशमा रोक लगाउने प्रयास हुँदा जनप्रतिनिधि, कर्मचारी र महानगर प्रहरीबीच धकेलाधकेलको स्थिति उत्पन्न भयो ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

उपप्रमुख सुनिता डंगोलको नेतृत्वमा गुरागाईलाई कार्यकक्षसम्म पुर्‍याएर हाजिर गराइयो । यस क्रममा कार्यालय परिसरमा विवाद बढ्दै गर्दा, प्रमुख बालेन शाह भने काभ्रेको पाँचखालमा लस्सी स्वाद लिँदै थिए । स्थानीय कफी एन्ड लस्सी सेन्टरका सञ्चालक कविन्द्र तिमिल्सिनाका अनुसार बालेन बिहान १० देखि ११ बजेको बीचमा केही सहयोगीसहित त्यहाँ पुगेका थिए । उनले लस्सी पिएर बाहिरिएका थिए ।

ठ्याक्कै त्यही बेला, काठमाडौं महानगरपालिकाको परिसरमा भने तनाब चुलिँदै थियो । जनप्रतिनिधि र कर्मचारीहरू गुरागाईको प्रवेश रोक्न खोज्दा, महानगर प्रहरी तिनीहरूलाई नियन्त्रण गर्न सक्रिय देखिन्थे ।

बालेन बुधबार नै काभ्रे गइसकेको बताइन्छ । एक हप्ता अघि उनले आफ्ना कर्मचारीले तलब नपाए ‘टुकुचामा गाड्ने’ चेतावनीपूर्ण स्टाटस फेसबुकमा लेखेका थिए । रोचक संयोग के छ भने, एक हप्ता पुग्न नपाउँदै उनी काभ्रे पुगेका हुन् ।

तपाईको प्रतिक्रिया