Deneme Bonusu Veren Siteler
सोमवार, बैशाख १, २०८२
Monday, April 14, 2025

टोकियो – हिमालयन चितुवा अबिरल अब जापानका किक बक्सिङ्ग च्याम्पियन ओडा जिन्कुसँग ओसाकामा भिड्ने भएका छन् । प्रतियोगिताको तयारीका लागी प्रशिक्षण गर्न अबिरल थाइल्यान्डको पुकेट शहरमा १ महिना रहने अबिरलका प्रशिक्षक एवं पिता देव घिमिरेले बताए । अबिरल टाइगर मोयथाइमा विषेश क्याम्पमा प्रशिक्षण गरिरहेको बताइएको छ ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

नेपाल र जापानका बिच हुने केवन क्रस १७५ को उक्त खेल मे महिनाको १८ तारिख जापानको ओसाकामा हुनेछ । उनले यसअघि टोकियोमा सम्पन्न World Max k-1 championship किक बक्सिङ्ग प्रतियोगितामा जापानका प्रख्याद खेलाडी सिरासुलाई अविरल (हिमालयन चितुवा )ले तेस्रो राउन्डको १ मिनेट १३ सेकेन्डमा ढालेर विजय हासिल गरेका थिए ।

त्यस्तै हिट ५३ को उपाधि रक्षा गर्दै लगातार चौथो पटक उपाधी जितेर नयाँ किर्तिर्बान समेत बनाएका थिए । अबिरलले हालसम्म जापान, दक्षिण कोरिया, ब्राजिल, बोलिभिया, नेदरल्याण्ड, थाइल्याण्ड लगायत देशका बक्सरलाई पराजित गरिसकेका छन्  । उनी अन्तर्राष्ट्रिय किक बक्सिङ प्रतियोगितामा नेपालको पहिचान बनाउन सफल खेलाडी हुन् ।अबिरलले नियमित रूपमा भने सिमुरा डोजोमा प्रशिक्षण लिँदै आएका छन् । आफ्नो आमाबुबासँग जापानको नागोया सहरमा बस्दै आएका अबिरललाई उनको मनपर्ने खेल बक्सिङमा अहिलेसम्म अधिकांश सफलता हात परिरहेको छ । जापानमा रहेर किक बक्सिङको व्यवसायिक खेल खेल्दै आएका बक्सर अविरलले बक्सिङ्ग हिट प्रतियोगिताका १६ खेल जितिसकेका छन् । आफ्नो कडा मेहेनत अनि हरेक नेपालीको आर्शिवादले आफूलाई अहिलेसम्म सफलता हात परेको अविरल बताउँछन् ।

तपाईको प्रतिक्रिया