Deneme Bonusu Veren Siteler
सोमवार, बैशाख १, २०८२
Monday, April 14, 2025

काठमाडौं – मोहनविक्रम सिंह नेपाली कम्युनिस्ट आन्दोलनका एक धरोहर मानिन्छन् । राजनीति, दर्शनशास्त्र, इतिहास, साहित्यजस्ता धेरै विधामा दुई दर्जनभन्दा बढी पुस्तक लेखिसकेका उनी वैचारिक र दार्शनिक पक्षमा धाराप्रवाह बोल्न सक्छन् । ८९ वर्षमा हिड्दै गरेका नेकपा मसालका महामन्त्री सिंह लेखपढमा पनि त्यत्तिकै सक्रिय छन् । उनको पछिल्लो उपन्यास ‘कामरेड जलजला’ बजारमा आएको छ । यो उपन्यासले विश्व र मानव समाजलाई दार्शनिक प्रकारले बुझ्ने प्रत्यत्न गरेको लेखक बताउँछन् । उनै सिंहसँग पछिल्लो कृति जलजला र समसामयिक राजनीतिक विषयमा समुन्द्रपारिका लागि नृप रावलले गरेको कुराकानीको सम्पादित अंशः–

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईंलाई साहित्यकार भनेर चिनौं कि राजनीतिज्ञ ?

सुरुदेखि नै मेरो राजनीति र साहित्य दुवै कुरामा रुचि थियो । राजनीतिमा २००७ सालमा आएँ । त्यतिबेलादेखि नै मेरो साहित्यप्रति रुचि छ । त्यसैले मेरा दुवै धाराहरू जीवनमा सँगसँगै अघि बढ्ने गरेका छन् । त्यस अर्थमा मलाई कुन रूपमा चिन्ने भन्ने कुरा पाठक र समालोचकहरूमाथि निर्भर रहने कुरा हो । उपन्यास जलजला बजारमा आएपछिको प्रतिक्रिया उत्साहवर्ध्दक छ । धेरैतिरबाट समर्थन प्राप्त भएको छ । राजनीतिक सहकर्मी वामपन्थीहरूबाट र अर्कोतिर साहित्यकारहरूबाट पनि उत्साहजनक समर्थन प्राप्त गरेको छु ।

जलजला उपन्यासको कथावस्तु र मूल सन्देश के हो ?

यसमा सुरुमै लेखिएको छ, यो प्रेमको कथा हो । त्योभन्दा पनि विश्वको दर्शन हो । यसमा दुवै पक्ष समावेश भएपछि प्रेमका सम्बन्धमा यस उपन्यासले उच्च रूपमा व्याख्या गरेको छ । उपन्यासमा भनिएको छ, संसारमा सबैभन्दा उच्चतहको प्रेम भनेको आमाले सन्तानलाई गर्ने हो । त्यो प्रेम नै संसारको सर्वश्रेष्ठ प्रेम हो । किनभने आमाले आफ्ना सन्तालाई प्रेम कुनै स्वार्थ वा कारणले होइन, निःस्वार्थभावले काम गर्छन् । जुन प्रेम निःस्वार्थभावले गरिन्छ, त्यो नै सर्वश्रेष्ठ हो । त्यसका साथै प्रेमी–प्रेमिकाहरू र पछि पति–पत्नीहरूले एक–अर्कालाई निःस्वार्थ रूपले प्रेम गर्छन्, त्यसको पनि उच्च महत्व छ । यद्यपि व्यवहारमा त्यस्तो हुँदैन । कैयौंको प्रेम स्वार्थमाथि आधारित हुन्छ । त्यसका साथै उपन्यासले अर्को प्रेमको पनि चर्चा गरेको छ । आमाको सन्तानप्रति र प्रेमी–प्रेमिकाबीचको प्रेम व्यक्तिका रूपमा हुन्छ । त्योभन्दा उच्च प्रेम हो, सम्पूर्ण समाजको प्रेम नै सबैभन्दा माथिल्लो प्रेम हो । उपन्यासले खालि पार्टीका कार्यकर्ताहरूको मात्र होइन, यसमा प्रेमी–प्रेमिकाले आफ्नो सम्पूर्ण जीवनलाई क्रान्तिका लागि समाजको हितका लागि बलिदान गरेको देखाइएको छ ।

जलजला तपाईंको पूर्व प्रेमिका थिइन्, उनैको सम्झनामा उपन्यास लेखिएको हो ?

उनी पार्टीकी पेसेवर कार्यकर्ता हुन् । त्यतिबेला हामीले उनलाई रोल्पाको थवाङमा काम गर्न पठाउँछौं । थवाङको छेउमा जलजला छ । त्यसैका आधारमा उनको नाम राखिएको हो । यद्यपि उनको वास्तविक नाउँ विद्या ढकाल थियो । सम्पूर्ण उपन्यासलाई हेर्ने हो भने उनको प्रत्यक्ष र सक्रिय भूमिकाचाहिँ छैन । उनको वैचारिक पक्ष, क्रान्तिकारी आन्दोलनमा भूमिका आएको छ । समग्रमा यो उपन्यासले वैचारिक र दार्शनिक हिसाबले आजको विश्वको विषाक्त प्रकारको परिस्थिति उजागर गरेको छ । जलजलाजस्ता पात्र अरु पनि छन् । निर्मल लामा, चित्रबहादुर के.सी.हरु पनि उपन्यासका पात्र छन् । यी पात्रहरुलाई औपन्यासिक रुपमा प्रयोग गरिएको छ ।

तपाईंको जीवनससँग उपन्यासका सम्बन्ध छ ?

मेरो वास्ताविक जीवनका धेरै घटनाहरु उपन्यासमा छन् । उपन्यासमा कल्पनाको पक्ष त हुने नै भयो । वास्तविक घटनाहरुलाई औपन्यासिक रुप दिइएको छ । नेपाल र विश्वको कम्युनिस्ट आन्दोलन, म आफू स्वयं सामेल भएका घटनाहरु उपन्यासमा आएका छन् ।

भनेपछि यसमा कम्युनिस्ट आन्दोलनलाई औपन्यासिक रुप दिइएको छ ?

निश्चय नै नेपालको कम्युनिस्ट आन्दोलनको वैचारिक, दार्शनिक धरातल धेरै नै पतन भइसकेको छ । त्यही प्रकारले विश्व कम्युनिस्ट आन्दोलन पनि कमजोर भएको छ । दार्शनिक, वैचारिक मान्यताहरुबाट स्खलन भएको छ । मैले उपन्यासमा कम्युनिस्ट आन्दोलन कसरी कमजोर भएको छ भन्ने देखाउन प्रयत्न गरेको छु । वैचारिक र दार्शनिक पक्षबाट नेपालको कम्युनिस्ट आन्दोलन कसरी माथि उठ्नुपर्छ भन्ने मान्यता उपन्यासमा छ । उपन्यासमा नारीवादी रुपमा, दार्शनिक, वैचारिक पक्ष पनि प्रस्तुत गरिएको छ ।

उपन्यासमा पञ्चायतकालको कुरा गर्नुभएको छ, अहिलेको समयलाई कसरी जोड्ने ?

उपन्यासको समयकाल अत्यन्त संक्षिप्त छ । करिब एक दशकको समय । २०४१ देखि आएर २०४८ सालमा समाप्त हुन्छ । यद्यपि सम्पूर्ण विश्वको व्याख्या गर्ने प्रयत्न गरिएको छ । जीवनका विभिन्न विषयहरूमाथि प्रकाश पार्ने प्रयत्न गरिएको छ । यसमा पञ्चायतकाल पनि पूरै छैन । पञ्चायतकाल २०४६ सालमा सकिए पनि उपन्यासमा सिद्धिएको छैन । पञ्चायती राज भन्ने शीर्षक नै छ । त्यतिबेला कसरी शोषण हुन्थ्यो, हत्या, बलात्कार र भ्रष्टाचार हुन्थे भन्ने विषयमा प्रकाश पार्न प्रयत्न गरेको छु । त्यसमा सुगन्धा आउँछिन् । सुगन्धाको मनमा यो बसेको हुन्छ कि, नेपाल एउटा हिन्दू राज्य हो, राजासँग थुप्रै पैसा हुन्छ, त्यसकारण उनले भ्रष्टाचार गर्दैनन्, त्यो शान्तिको देश हो भनेर उच्च सम्मान र भावनाका साथ नेपाल आएकी हुन्छिन् । तर उनले सोचेको भन्दा भ्रष्ट र तल्लो तहको अवस्था देख्छिन् । त्यतिबेलाका पत्रपत्रिकाको आधारमा पञ्चायतको चित्र प्रस्तुत गरिएको छ ।

अब राजनीतिक प्रसंगमा कुरा गरौं । अहिलेको राजनीतिक अवस्थालाई कसरी हेरिरहनु भएको छ ?

हेर्नुस्, अहिलेको राजनीतिक अवस्था ठीक छैन । तर ठीक छैन भन्दै गर्दा पूरै यसलाई हामीले निषेध गर्न पनि मिल्दैन । यदि हामीले यसलाई पूरै गलत ठहर्‍याउँछौं भने वास्तविकता हुने छैन । किनभने अहिले हामीले अंगीकार गरेको व्यवस्था नेपाली जनताको लामो संघर्षबाट आएको हो । खास गरेर राणा शासनविरुद्ध लामो संघर्ष गर्दा कैयौं सहिदहरूले आफ्नो बलिदान दिए । उनीहरूले राणा शासनविरुद्ध लडे । त्यसपछि राजाको शासन कायम भयो । पञ्चायत शासनका विरुद्ध पनि हामीले ३० वर्ष संघर्ष गर्‍यौं । यही सबैको परिणामस्वरूप यो व्यवस्था आएको हो । यसकारण यो ठिक छैन भनेर यसलाई निषेध गरियो भने हाम्रो दृष्टिकोण प्रतिगमन र प्रतिगामी हुन जानेछ । हामीले वास्तवकितालाई नै बुझ्न सक्ने छैनौं । त्यसैले अहिलेसम्मका उपलब्धिहरूलाई स्वागत गर्दै अझ राम्रो बनाउनका लागि प्रयत्न र संघर्ष गर्नका लागि ‘रिसेट’ गर्नुपर्छ ।

नेपालको राजनीतिमा ‘रिसेट’ बटन पटक–पटक प्रयोग हुन्छ, किन ?

म राणाशासनदेखि नै राजनीतिमा नजिक रहँदै आएको छु । २००७ सालको आन्दोलन र त्यसपछि देशमा विभिन्न समयमा भएका संघर्षहरूको साक्षी रहँदै आएको छु । सात दशकदेखि नेपालको राजनीतिको साक्षी मात्रै होइन, सक्रिय कार्यकर्ताको रूपमा पनि रहेको छु । देशमा जुन छिटो–छिटो परिवर्तन भइरहेको छ । ००७ सालमा राजनीतिक परिवर्तन भयो, २०१७ सालमा देश प्रतिगमनतर्फ गयो । पञ्चायती व्यवस्थाकाविरुद्ध हामीले संघर्ष गर्‍यौं । त्यसपछि बहुदलीय व्यवस्था आयो । त्यसपछि फेरि प्रतिमगन आयो । त्यसकाविरुद्ध पनि हामीले संघर्ष गर्नुपर्‍यो । अहिले गणतन्त्रात्मक व्यवस्थामा हामी छौं । देश कैयौंपटक पछाडि पनि जाने गरेको छ भने पछाडि मात्रै रहने काम गरेको छैन । यसलाई अझ अग्रगमनको दिशामा अगाडि बढाउन प्रयत्न गर्नुपर्छ, संघर्ष गर्नुपर्छ ।

तपाईंहरूले नै होइन, लोकतन्त्रको उत्तम विकल्प नै लोकतन्त्र भनेको, फेरि कोसँग संघर्ष गर्ने ?

प्रत्येक कालमा जब–जब गलत चिजहरू आउँछन्, त्यसकाविरुद्ध संघर्ष गर्नुपर्ने आवश्यकता हुन्छ । आज जुन शासन चलिरहेको छ, ती चलाउने हाम्रा साथी, नेता र कार्यकर्ताहरू नै हुन् । जोसँग मिलेर देशलाई अग्रगमनमा लैजानका लागि संघर्ष गरेका थियौं, तर अहिले तिनै मान्छेहरूमा विकृति आएको छ । उनीहरूले देश र जनताको हितमा काम गर्नुभन्दा पनि व्यक्ति र परिवारवादमा रमाइरहेका छन् । हो उनीहरूकाविरुद्ध हामीले संघर्ष गर्नुपर्छ ।

अन्त्यमा, अहिले ‘गणतन्त्रमा खराबी छ’ भन्दै राजावादीहरू उफ्रिएका छन् नि !

राजावादीहरूले केही प्रयत्न गर्दै आएका छन् । ००७ सालमा बीपीमाथि हमला गराउन खोजिएको थियो भने, राजाले पञ्चायती व्यवस्था ल्याए त्यो पनि टिकाउन सकेनन् । यसैगरी ज्ञानेन्द्रले १९ महिने निरंकुश शासन चलाए पनि उनी पनि सफल भएनन् । जति–जति पश्चगमन शक्तिहरूले देशलाई पछाडि फर्काउन चाहन्छन्, त्यति देश अगाडि बढेको इतिहास छ । ज्ञानेन्द्रले बहुदलीय व्यवस्था समाप्त गरेर निरंकुश शासन गर्न खोजे परिणाम त उनकै लागि उल्टो भयो र गणतन्त्र आयो । अहिले फेरि पछाडि धकेल्न उनीहरू लागेका छन् भने देश झन् अगाडि जानेछ ।

तपाईको प्रतिक्रिया