Deneme Bonusu Veren Siteler
बिहिबार, बैशाख ४, २०८२
Thursday, April 17, 2025

टोकियो – दाेलखा समाज जापानकाे पाँचाैं अधिवेशन आइतबार टोकियोमा सम्पन्न भएकाे छ । उक्त अधिवेशनबाट अध्यक्षमा सन्जिब पोखरेल सर्वसम्मत चयन भएका छन्। 

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

पोखरेलको अध्यक्षतमा चयन भएकाे नयाँ कार्यसमितिकाे वरिष्ठ उपाध्यक्षमा महेन्द्र राउत र उपाध्यक्षहरूमा श्री खड्का, नारायण खड्का, मनोज श्रेष्ठ र अन्जन बस्नेत चयन भएको निर्वाचन कमिटिका संयोजक गिरबहादुर तामाङले बताए । त्यसैगरि समाजको महासचिवमा अनुप खड्का, सचिवहरुमा तिलराज खतिवडा, सिर्जना थापा, शिव ओली र कोषाध्यक्षमा गोपी कार्की चयन भएका छन्। 

सदस्यहरुमा गोपीनी आचार्य, दर्पन खड्का, सुवास पोखरेल, नवराज खड्का, सन्तोष खड्का, दिपेन्द्र कार्की, अर्जुन खड्का, अशोक पोखरेल, सुनिल खड्का र रमेश लामा रहेका छन्। 

अधिवेशनमा समाजको प्रगति प्रतिवेदन, आर्थिक प्रतिवेदन प्रस्तुत गरि त्यसमा छलफल र सुझाव सहित अनुमोदन गरिएको निवर्तमान अध्यक्ष रोशन थापाले जानकारी दिए ।

कार्यक्रमका प्रमुख अतिथि जापानका लागि नेपाली राजदूत डा. दुर्गा बहादुर सुवेदीले समाजले गरेकाे सामाजिक कार्यकाे खुलेर प्रशंसा गरेका थिए । उनले समाजले जापान तथा नेपाली समाजका समाजिक क्षेत्रमा पुऱ्याएको साथ सहयोगले नेपालीहरुको भावनालाई एक बनाएको बताए । 

कार्यक्रममा सामाजिक क्षेत्रमा पुऱ्याएको योगदानको कदर गर्दै एनआरएनए जापानका उपाध्यक्ष सिद्धार्थ श्रेष्ठ, पत्रकार रामचन्द्र गिरी, कलाकार शर्मिला तामाङ, महेश खड्का लगायतलाई सम्मान गरिएको थियाे । सन् २०१६ मा स्थापना भएको दोलखा समाज जापानले जापानमा रहेका दोलखालीहरुलाई आवश्यकता अनुसारको साथ सहयोग गर्दै आइरहेको समाजकाे दाबी रहेकाे छ

तपाईको प्रतिक्रिया