Deneme Bonusu Veren Siteler
सोमवार, बैशाख ८, २०८२
Monday, April 21, 2025

समाचार सुन्नुहोस : 

काठमाडौँ – सर्वोच्च अदालतले भुटानी शरणार्थी प्रकरणमा संलग्न बेचन झाले थुनामुक्तको माग गर्दै दायर गरेको रिट खारेज गरेको छ। न्यायाधीश विनोद शर्मा र अब्दुलअजिज मुसल्मानको इजलासले सोमबार यो रिट खारेज गर्ने निर्णय सुनाएको हो। झाले गत माघ २ गते थुनामुक्तको मागसहित यो रिट दायर गरेका थिए।

झालाई गत असार १३ गते प्रहरीले पक्राउ गरेको थियो। उनीमाथि नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै ठगी गरेको आरोप लगाइएको थियो। उनलाई ठगी, लिखित किर्ते, राज्यविरुद्धको कसुर र संगठित अपराधको आरोपमा मुद्दा चलाइएको छ। यस प्रकरणमा झासमेतका प्रतिवादीहरूले २८ करोड ८१ लाख ७४ हजार ५ सय रूपैयाँ पीडितबाट ठगी गरेको आरोप छ।

यस प्रकरणमा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्व गृहसचिव टेकनारायण पाण्डेसहितका ८ जना प्रतिवादी थुनामा छन् भने पूर्व गृहमन्त्री बालकृष्ण खाँणसहित अन्य प्रतिवादीहरू उच्च अदालत र सर्वोच्च अदालतबाट रिहा भइसकेका छन्। झालाई विभिन्न कसुरमा कैद र जरिवानाको सजाय सुनाइएको छ।

 

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया