Deneme Bonusu Veren Siteler
सोमवार, बैशाख ८, २०८२
Monday, April 21, 2025

काठमाडौं – सत्तारुढ नेपाली कांग्रेस नेता एवं राष्ट्रिय सभा सदस्य कृष्णप्रसाद सिटौलाले संविधानको गम्भिर र निर्मम समीक्षा गर्ने भएको बताएका छन् । राष्ट्रिय सभाको सोमबारको बैठकमा बोल्दै उनले संविधान जारी भइसकेपछि संसदका प्रायः सबै पार्टीहरुले सरकारको नेतृत्व गरेको भए पनि अपेक्षाकृत उपलब्धी दिन नसकेको बताएका हुन् ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन) - जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने - जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

उनले संविधानले प्रत्याभुत गरेको जनताको हक र अधिकार दिन सकियो कि सकिएन यसको समिक्षा गर्न अब विलम्व गर्न नहुने बताए । ‘संविधान जारी भइसकेपछि यहाँसम्म आइपुग्दा हामी सबैले जसरि भए पनि सरकारको नेतृत्व गरेकै छौं । यो संविधानको कार्यान्वयनबाट हामीले जनतालाई के कति उपलब्धि दिनसक्यौं ? संविधानले ल्याएका संरचना र यसको भावको समिक्षा गर्ने बेला आएको छ,’ उनले भने, ‘हामीले संविधानलाई जनताको हितमा प्रयोग गरेका छौं कि छैनौं ? हामीले नयाँ संविधानबाट जनताको स्वास्थ्यमा जनताको शिक्षामा हामीले जनताको अधिकार प्रचलनमा ल्याउन सकेका छौं कि छैनौं ? यसको गम्भिर र निर्मम समीक्षा गर्ने बेला भएको छ ।’

तत्कालीन राजा ज्ञानेन्द्र शाहसँग आफैले संवाद गरेको स्मरण गर्दै सिटौलाले निवासको प्रवन्ध गरेको र सम्मान पनि गरेको भन्दै सम्मान ग्रहण गरेर बस्न आग्रह गरे । ‘म आफैले प्रधानमन्त्रीको प्रतिनिधिको रुपमा ज्ञानेन्द्रसँग संवाद गरेको हुँ । निवासको, सुरक्षाको प्रबन्ध हुन्छ भनेर ग्यारेन्टी गरेकै हो,’ उनले भने, ‘अहिले मै केही गर्छु भनेर गाडीमा बसेर ताली खाँदै ताली दिँदै हिँड्नु शोभनीय विषय भएन ।’

samudra-pari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.

तपाईको प्रतिक्रिया