Deneme Bonusu Veren Siteler
बिहिबार, बैशाख ४, २०८२
Thursday, April 17, 2025

टोकियो – यस ग्रीष्म ऋतुदेखि माउन्ट फुजी आरोहण गर्ने व्यक्तिहरूलाई चारवटा मार्ग प्रयोग गरेबापत ४ हजार येन शुल्क लाग्ने भएको छ । शिजुओका प्रिफेक्चर सरकारको योजनालाई सोमबार स्थानीय सभाले स्वीकृति दिएपछि यो नियम लागू हुने भएको हो ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन) - जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने - जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

शिजुओका प्रिफेक्चरले यो कदम आफ्नो छिमेकी यामानाशी प्रिफेक्चरको निर्णयपछि चालेको हो । यामानाशी प्रिफेक्चरले सबैभन्दा प्रचलित मार्ग व्यवस्थापन गर्छ र यसले पनि यो ग्रीष्म ऋतुदेखि शुल्क दोब्बर गरी ४ हजार येन पुर्‍याउने निर्णय गरेको छ । आरोहणकर्ताको भीड र वातावरणमा त्यसको असरबारे बढ्दो चिन्ताका कारण यस्तो कदम चालिएको हो ।

शिजुओका प्रिफेक्चरल सभाले आरोहणका तीन मार्गहरूमा दिउँसो २ बजेदेखि बिहान ३ बजेसम्मको प्रवेश प्रतिबन्ध लगाउने कानुनलाई पनि अनुमोदन गरेको छ । यो प्रतिबन्ध ‘बुलेट क्लाइम्बिङ’ रोक्न लागू गरिएको हो, जसमा आरोहीहरू कुनै विश्राम नगरी फुजी पर्वतको चुचुरो चुम्न प्रयास गर्छन् ।

नयाँ कानुन मे ९ देखि लागू हुनेछ, जुन जुलाईमा सुरु हुने आरोहण सिजनभन्दा केही अगाडि लागू गरिनेछ । शिजुओकाले फुजिनोमिया, गोतेम्बा र सुवाशिरी मार्गहरूको व्यवस्थापन गर्छ भने यामानाशीले योशिदा मार्गको जिम्मेवारी लिएको छ । दिउँसो २ बजेपछि यी मार्गहरूमा प्रवेश गर्न चाहने व्यक्तिहरूले अनिवार्य रूपमा कुनै पर्वतीय लजमा बासको अग्रिम बुकिङ गरेको हुनुपर्छ । मार्गका पाँचौं स्टेसनमा कर्मचारीहरू खटाइनेछन्, जसले आरोहीहरूले शुल्क तिरेको पुष्टि गर्नेछन् ।

आरोहण शुल्कबाट उठेको रकम कर्मचारीको तलब तथा सुरक्षासम्बन्धी उपायहरूका लागि प्रयोग गरिनेछ । यसअघि पर्वतको संरक्षणका लागि आरोहीहरूसँग संकलन गरिँदै आएको १ हजार येनको स्वैच्छिक सहयोग रकम अब नलिइने भएको छ । सन् २०१३ मा युनेस्को विश्व सांस्कृतिक सम्पदा सूचीमा सूचीकृत फुजी पर्वतमा प्रत्येक वर्ष जुलाईदेखि सेप्टेम्बरसम्मको आधिकारिक आरोहण सिजनमा लाखौं पर्यटकहरू आउँछन् ।

samudra-pari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.

तपाईको प्रतिक्रिया