Deneme Bonusu Veren Siteler
सोमवार, बैशाख ८, २०८२
Monday, April 21, 2025

समाचार सुन्नुहोस : 

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दीपकबहादुर सिंहले यौनजन्य व्यवसायलाई व्यवसायीकरण गरेर पर्यटक आकर्षित गर्ने कांग्रेस प्रमुख सचेतक श्यामकुमार घिमिरेको विचारको खण्डन गरेका छन्। प्रतिनिधि सभाको सोमबारको बैठकमा बोल्दै सांसद सिंहले आइतबारको बैठकमा घिमिरेले यौनजन्य व्यवसायलाई व्यवसायीकरण गरेर देशमा पर्यटक बढाउन सकिने बताएका थिए।

घिमिरेले यौनजन्य व्यवसायलाई मनोरञ्जन क्षेत्रको रूपमा व्यवसायीकरण गरेर देशको आर्थिक विकास गर्न सकिने विचार राखेका थिए। तर सांसद सिंहले यौन व्यवसायको लागि कोठी र वेश्यालय सरकारले नै चलाउने दिन आएको त होइन ? भन्दै प्रश्न गरेका छन्।

‘हजारौं युवाहरुले रोजगारी र शिक्षाको लागि देश छोडिसकेका छन्। अब सीमित कलिला युवा आमा छोराछोरी मात्र बाँकी छन्। देशको आर्थिक विकासको लागि पर्यटन भित्र्याउन त्यो पनि ज्यादा खर्च गर्ने पर्यटक ल्याउनको लागि यौन व्यवसाय, यौन प्रमिट सरकारले दिनुपर्छ भन्नुभएको छ सरकारकै एक माननीयज्युले,’ सिंहले भने,’यौन व्यवसायको लागि कोठी र वेश्यालय सरकारले नै चलाउने दिन आएको त होइन ? यही दिनको लागि गणतन्त्र ल्याएको हो ?’

उनले नेपाल देश, देवी पूजनको भूमि भएको भन्दै यस्ता उश्रृंखल अभिव्यक्ति नदिन चेतावनी समेत दिए।

 

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया