Deneme Bonusu Veren Siteler
सोमवार, बैशाख ८, २०८२
Monday, April 21, 2025

समाचार सुन्नुहोस : 

काठमाडौँ – सोमबार बिहान नायक राजेश हमालले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग उनको निवास खुमलटारमा भेट गरेका छन्। यो भेटघाट साढे आठदेखि नौ बजेसम्म करिब आधा घन्टा सम्म चलेको थियो।

भेटघाटका क्रममा हमालले हाल नेपाली चलचित्र उद्योगमा विदेशी चलचित्र, विशेष गरी भारतीय र दक्षिण भारतीय चलचित्रको बढ्दो प्रभावबारे चिन्ता व्यक्त गरेका थिए। उनले सरकारले विदेशी विलासिताका वस्तुहरूको आयातमा रोक लगाए पनि विदेशी चलचित्रलाई यसबाट अलग राखेकोमा असन्तुष्टि जनाएका थिए। प्रचण्ड सचिवालयका अनुसार, यस विषयमा हमालले विस्तृत छलफल गरेका थिए। उनीहरूबीच भएको यो छलफलले नेपाली चलचित्र उद्योगलाई संरक्षण दिने आवश्यकताको पनि संकेत दिएको छ।

भेटका क्रममा राजनीतिक विषयवस्तुमा पनि कुरा भएको थियो। हमालले आफू राजनीतिमा आउन सक्ने संकेत पनि प्रचण्डसँग गरेका थिए। ‘परिस्थितिले मागेको खण्डमा म राजनीतिमा आउनसक्छु,’ उनले प्रचण्डसँग भने। प्रचण्डले हमालजस्ता व्यक्तिको राजनीतिमा खाँचो रहेको बताएका थिए। छोरी गंगा तथा संगीतकार चेतन सापकोटासँगै समूहमा भेटेका हमालसँग पछि प्रचण्डको एक्लाएक्लै पनि कुराकानी भएको थियो।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया