समाचार सुन्नुहोस :
काठमाडौँ – अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (ISS) मा फसेका अन्तरिक्ष यात्री सुनिता विलियम्स र ब्यारी विल्मोरलाई पृथ्वीमा फर्काउन क्रू-१० टोली अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन पुगेको छ। यस टोलीमा नासाका एनी म्याक्लेन र निकोल एयर्स, जापान एयरोस्पेस एक्सप्लोरेसन एजेन्सीका ताकुया ओनिशी र रोस्कोसमोसका किरिल पेस्कोभ समावेश छन्। यी यात्रीहरूले विलियम्स र विल्मोरलाई प्रतिस्थापन गर्नेछन्।
सुनिता विलियम्स र ब्यारी विल्मोर जुन ५, २०२४ मा स्टारलाइनर अन्तरिक्ष यानमा उडान भएका थिए। उनीहरूको आठ दिनपछि फर्कने योजना थियो। तर स्टारलाइनर ISS नजिक पुगेपछि यसमा प्राविधिक समस्या देखिएको थियो। यानका पाँच थ्रस्टरले काम गर्न छोडेको र हेलियम सकिएकोले उनीहरूको फिर्ती रोकिएको थियो।
यसैबीच अर्बपति व्यवसायी एलोन मस्कले X मा लेखेका छन्, ‘स्पेसएक्स ड्र्यागनले केही दिनमा अन्तरिक्ष यात्रीहरूलाई फिर्ता ल्याउनेछ।’ विलियम्स र विल्मोर लगभग नौ महिनादेखि ISS मा अलपत्र परेका छन्।