Deneme Bonusu Veren Siteler
सोमवार, बैशाख ८, २०८२
Monday, April 21, 2025

समाचार सुन्नुहोस : 

काठमाडौँ – नेपाल प्रहरीका प्रमुख प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर आजदेखि सेवा निवृत्त हुँदैछन्। ३० वर्षे प्रहरी सेवा पूरा गरेका कुँवर अनिवार्य अवकाशमा जान लागेका हुन्। उनले २०७९ चैतमा प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेका थिए। कुँवरसँगै एआईजीहरू टेक प्रसाद राई, बुद्धिराज गुरुङ, दुर्गा सिंह, कुबेर कडायत र जनक भट्टराई, डीआईजीहरू गणेश चन्द, भोला रावल र ध्रुवराज राउत पनि आजदेखि अवकाश हुँदै छन् ।

कुँवरको सेवानिवृत्ति हुँदै गर्दा आज मन्त्रिपरिषद्को बैठक बस्दै छ। यो बैठकले नयाँ प्रहरी प्रमुख (आईजीपी) नियुक्त गर्ने अपेक्षा गरिएको छ। यसअनुसार, भोलिबाट ३१औँ प्रहरी प्रमुखले कमान्ड सम्हाल्नेछन्। आज प्रहरी प्रधान कार्यालयमा कुँवरको बिदाइ समारोह आयोजना गरिएको छ।

नयाँ प्रहरी प्रमुखको रूपमा अतिरिक्त प्रहरी महानिरीक्षक दीपक थापा, सुदिप गिरी र टेक बहादुर तामाङ मध्ये एकलाई मन्त्रिपरिषद्ले चयन गर्नेछ। वरीयता अनुसार दीपक थापा पहिलो, सुदिप गिरी दोस्रो र टेक बहादुर तामाङ तेस्रो स्थानमा छन्। यी तीनै जना २०५२ सालमा प्रहरी सेवामा प्रवेश गरेका थिए।

 

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया