Deneme Bonusu Veren Siteler
मङ्लबार, बैशाख ९, २०८२
Tuesday, April 22, 2025

समाचार सुन्नुहोस : 

काठमाडौँ – पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागत यात्रामा भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको फोटो बोकेको आरोपमा प्रदीपविक्रम राणा नेपालबाट भागेर भारतको गोरखपुर पुगेका छन्। उनले भारतीय सञ्चारमाध्यम ‘नवभारत टाइम्स’लाई दिएको अन्तर्वार्तामा नेपाल प्रहरीले उनको खोजी गरिरहेको र उनी पक्राउ हुनबाट बच्न भारत आएको बताएका छन्।

५८ वर्षीय राणा मंगलबार नेपालबाट भागेर उत्तर प्रदेशको गोरखपुर पुगेका हुन्। उनले नवभारत टाइम्सलाई भने, ‘भारत सरकार र योगीजीसँग मिलेर नेपालको वर्तमान सरकारविरुद्ध षड्यन्त्र रचेको आरोप लगाइएको छ।’

आइतबार पूर्वराजा ज्ञानेन्द्र पोखराबाट काठमाडौँ फर्किंदा उनी स्वागतका लागि त्रिभुवन विमानस्थलमा पुगेको राणाले बताएका छन्। उनले भने, ‘यस क्रममा मैले राजा र उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको पोस्टर एकसाथ बोकेको थिएँ। मलाई लाग्छ, जसरी योगीजी हिन्दु र हिन्दुत्वका लागि लगातार संघर्ष गर्दै आउनुभएको छ, उहाँ हामी सबैको वैश्विक नेता हुन्। धार्मिक मान्यता अनुसार पनि म उहाँलाई धेरै मन पराउँछु।’

राणाको यो कार्य नेपालमा विवादको विषय बनेको छ भने उनी नेपाल प्रहरीको खोजीमा परेका छन्। उनले भारतमा शरण लिएको घटनाले दुवै देशबीचको राजनीतिक सम्बन्धमा असर पार्न सक्ने देखिन्छ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया