Deneme Bonusu Veren Siteler
मङ्लबार, बैशाख ९, २०८२
Tuesday, April 22, 2025

काठमाडौं – झन्डै दुईतिहाइको सरकार र दलहरूका गतिविधिबाट नागरिकमा बढिरहेको असन्तुष्टिको पृष्ठभूमिमा आइतबार राजावादीहरूले गणतन्त्रवादीलाई झस्काउने गरी शक्तिप्रदर्शन गरे । पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतमा उनीहरूले गणतन्त्र स्थापनापछि पहिलोपटक काठमाडौंमा यति ठुलो प्रदर्शन गरेका हुन् । यसले दल र नेताहरूलाई सुध्रिन दबाब बढाएको छ ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन) - जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने - जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

पूर्वराजा शाहको स्वागतमा विमानस्थलमा जम्मा भएका राजावादीहरूले जयजयकार गर्दै साढे तीन घन्टा लगाएर निर्मलनिवास पुर्‍याए । प्रफुल्ल देखिएका पूर्वराजा बाटोमा समर्थकहरूलाई अभिवादन गरिरहे । समर्थकहरूले फूल, माला र खादाले स्वागत गरे । गाडीको छत खुला गरिएको भागबाट आधा शरीर बाहिर निकालेर शाहले समर्थकलाई उत्साहित गराउँदै हात हल्लाइरहेका थिए । उत्साही देखिएका राजावादी पैदल र मोटरसाइकलमा अघिपछि झाँकी र बाजागाजासहित र्‍यालीमा सहभागी बने ।

उनीहरूले समर्थकहरूले ‘हाम्रो राजा, हाम्रो देश प्राणभन्दा प्यारो छ’, ‘राजा आऊ, देश बचाऊ’जस्ता नारा लगाए । ‘सबै राजावादी, राष्ट्रवादी, हिन्दुवादी संघसंस्था र पार्टीहरूले आ-आफ्नो हिसाबले राजाको ६ फागुन साँझको आह्वान (प्रजातन्त्र दिवसको अवसरमा दिएको भिडियो सन्देश)लाई स्वागत गर्दै राजालाई काठमाडौंभित्र हुलेका हुन् । सबै शक्ति आ-आफ्नो हिसाबले अघि बढेका हुन्,’ राप्रपा आन्दोलन परिचालन समितिका संयोजक महामन्त्री डा. धवलशमशेर राणाले भने ।देखिएन एकता
राजसंस्था पुनःस्थापनाको मागसहित सडकमा उत्रिएका विभिन्न राजावादी समूहबीच फुट देखिन थालेको छ । आइतबारको ठूलो प्रदर्शनको श्रेय कसलाई जान्छ भन्ने विषयलाई लिएर नेताहरू एकअर्कामाथि आरोप-प्रत्यारोपमा उत्रिएका छन् ।

मेडिकल व्यवसायी दुर्गा प्रसाईंले प्रदर्शनको मुख्य श्रेय आफूलाई जानुपर्ने दाबी गर्दै राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र राप्रपा नेपालका अध्यक्ष कमल थापामाथि आक्रोश पोखे । उनले पूर्वराजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्ने माहोल आफूले निर्माण गरेको बताउँदै अन्य नेताहरूलाई फगत अवसरवादी मात्र भएको आरोप लगाए । ‘२०७२ मा संविधान जारी गर्दा राप्रपाका नेताहरूले त्यसमा हस्ताक्षर नगरेको भए न राजसंस्था हट्थ्यो, न हिन्दू अधिराज्य समाप्त हुन्थ्यो,’ उनले भने ।

उनले राजसंस्थालाई पुनःस्थापित गर्न सक्ने एकमात्र व्यक्ति आफू भएको जिकिर गर्दै पूर्वराजालाई सही निर्णय लिन आग्रह गरे । ‘राजाले पनि बुझ्नुपर्छ, कलीयुगमा दुर्गा प्रसाईं जत्तिको अर्जुन भेट्नुहुन्न,’ उनको भनाइ थियो ।

प्रसाईंले विमानस्थलमा पूर्वराजा ज्ञानेन्द्र शाहसँग लिङ्देन र थापाले गरेको भेटघाटप्रति असन्तोष जनाउँदै आफूलाई बेवास्ता गरिएको गुनासो गरेका छन् । काठमाडौं महानगरपालिकाले आइतबारको जुलुसपछि राप्रपालाई फोहोर गरेको अभियोगमा जरिवाना गराएपछि पनि उनी असन्तुष्ट देखिए । आन्दोलनको व्यवस्थापन आफूले गरे पनि जस अरूले लिएको उनको आरोप छ ।

यसैबीच, राप्रपा नेपालका अध्यक्ष कमल थापाले लोकतन्त्रको विकल्प राजतन्त्र हुन नसक्ने स्पष्ट पारेका छन् । सामाजिक सञ्जालमार्फत धारणा व्यक्त गर्दै उनले अहिलेको व्यवस्थामा देखिएको सिण्डिकेट, लुटतन्त्र र अराजकताविरुद्ध आवाज उठाउनु आवश्यक भए पनि समाधान लोकतन्त्रभित्रै खोजिनुपर्ने बताए ।

थापाले राजासहितको लोकतन्त्रलाई एक प्रभावकारी व्यवस्था बताउँदै बेलायत, जापान, नर्वे जस्ता मुलुकहरूको उदाहरण पेश गरे । ‘राजासहितको प्रजातन्त्र विश्वमै सफल मानिएको छ। त्यसैले सच्चा लोकतन्त्रवादीले राजा आउँदा आत्तिनु पर्दैन,’ उनले लेखेका छन् ।

यसरी, राजसंस्था पुनःस्थापनाको आन्दोलन व्यापक बन्दै गए पनि नेतृत्व तहमा विभाजन देखिन थालेको छ । जस लिने प्रतिस्पर्धाले आन्दोलनको एकतामा असर पर्ने संकेत देखिएको छ ।

samudra-pari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.

तपाईको प्रतिक्रिया