काठमाडौँ – पछिल्लो सात कारोबार दिन लगातार घटेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज भने दोहोरो अङ्कको वृद्धि देखिएको छ। आज नेप्से परिसूचक १७.२८ अङ्कले बढेर २,७३६.४८ को बिन्दुमा पुगेको छ। यो वृद्धि बजारमा सकारात्मक मनोवृत्ति झल्काउँदै छ।
आजको कारोबारमा ३२३ कम्पनीका २ करोड २९ लाख ४१ हजार ३६५ कित्ता शेयर खरिदबिक्री भएका छन्। यसको कुल कारोबार रकम रु. ८ अर्ब २३ करोड ५२ लाख ६८ हजार ७५५ पुगेको छ। यो कारोबार ७९,२३६ पटक सम्पन्न भएको छ।
आजको बजार प्रदर्शनमा विकास बैंक समूह ०.३३% र लघुवित्त समूह ०.२७% ले घटेको छ भने अन्य सबै समूहको उपसूचकमा वृद्धि दर्ज भएको छ। लगानी समूह १.७६% र अन्य समूह १.५७% ले बढी वृद्धि दर्ज गरेका छन्। यसका साथै बैंकिङ समूह ०.५३%, वित्त समूह ०.०२%, होटल तथा पर्यटन समूह ०.६४%, जलविद्युत् समूह ०.८५%, जीवन बीमा समूह ०.६४%, उत्पादन तथा प्रशोधन समूह ०.१८%, म्युचुअल फन्ड ०.१०%, निर्जीवन बीमा समूह ०.४०% र व्यापार समूह ०.२१% ले बढेको छ।
आजको कारोबारमा पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडको शेयर मूल्य ९.७९% ले बढेर सबैभन्दा धेरै उकालोमा रहेको छ। भने विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ।
कारोबार रकम र शेयर संख्याका आधारमा माछापुच्छ्रे बैंक लिमिटेड प्रमोटर शेयर आज सबैभन्दा धेरै कारोबार भएको छ। यसको कुल कारोबार रकम रु. ८१ करोड ३६ लाख ५२ हजार १०० रहेको छ भने ८१ लाख ३६ हजार ५२१ कित्ता शेयर कारोबार भएको छ।