Deneme Bonusu Veren Siteler
मङ्लबार, बैशाख २, २०८२
Tuesday, April 15, 2025

समाचार सुन्नुहोस : 

काठमाडौँ – ‘झलक दिखला जा-९’ र ‘डीआईडी लिटिल मास्टर-३’ जस्ता भारतीय रियालिटी शोमा विजयी बनेर चर्चामा आएकी तेरिया फौजा मगरले अब नेपाली फिल्म ‘मितज्यू’ मार्फत अभिनेत्रिको रुपमा डेब्यु गर्ने भएकी छन्। बुधबार निर्माण टिमले एक पोस्टर सार्वजनिक गर्दै तेरियालाई मुख्य भूमिकामा अनुबन्ध गरिएको जानकारी गराएको हो।

रियालिटी शोमा सफलता पाएपछि तेरियालाई थुप्रै नेपाली फिल्मका अफर आए पनि उनले कुनै स्वीकार गरेकी थिइनन्। तर, केही समयअघि उनले भारतीय टेलिभिजन दूरदर्शनको ‘स्वराज’ सिरियलमा रानी गाइदिन्ल्यूको भूमिका निभाएकी थिइन्। अब भने उनले ‘मितज्यू’ मार्फत नेपाली फिल्म क्षेत्रमा औपचारिक रुपमा पाइला चाल्दैछिन्।

यस फिल्ममा तेरियासँगै अभिनेता दयाहाङ राई पनि मुख्य भूमिकामा रहनेछन्। यसअघि ‘घरज्वाइँ’ फिल्ममा समेत देखिएका दयाहाङको व्यस्तताका कारण ‘मितज्यू’को छायांकन तिहारपछि मात्र सुरु हुने बताइएको छ। यद्यपि, फिल्मको प्रदर्शन मिति भने आगामी चैत २७ गतेलाई तोकिएको छ।

अनिल बुढा मगरको निर्देशनमा बन्ने ‘मितज्यू’मा जनक घर्ती मगरको लगानी रहनेछ भने महेश राईले कथा लेखेका छन्। फिल्म पहाडी परिवेशमा आधारित रही आदिवासी जनजाति समुदायमा प्रचलित मित परम्पराको कथा चित्रण गर्नेछ। निर्माण टिमले अघिल्लो महिना पेन्टिङमार्फत् थिम पोस्टर सार्वजनिक गर्दै फिल्मको औपचारिक घोषणा गरेको थियो।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया