समाचार सुन्नुहोस :
काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता ज्ञानेन्द्र शाही र नेपाल कम्युनिस्ट पार्टी (एमाले) का उपमहासचिव विष्णु रिमालबीच सामाजिक सञ्जालमा भनाभन चलेको छ। यसको सुरुवात राजावादीको शक्ति प्रदर्शनमा भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको तस्बिर प्रयोग गरिएको विषयलाई लिएर भएको हो।
मंगलबार बिहान शाहीले रिमाललाई वडाध्यक्षमा उठ्ने तयारी गर्न भन्दै कटाक्ष गरेका थिए। यसको जवाफमा एमाले उपमहासचिव रिमालले पनि व्यंग्यात्मक प्रतिक्रिया दिए। उनले शाही कसरी सांसद बन्न सफल भए भन्ने विषयमा टिप्पणी गर्दै ‘न्युटनका बिरालाको कथा’ सुनाएका छन्।
कथा सुनाइसकेपछि रिमालले लेखेका छन्, ‘लोकतन्त्रमा चुनाव, एक हिसाबले ‘न्युटनको बिरालोको दुलो’जस्तै हो। त्यस दुलोबाट सानो वा ठूलो, लुते वा बलियो, फोहरी वा सुग्घरी…जस्ता बिराला पनि छिर्न सक्छन्। राम्राभन्दा राम्रा प्रणालीमा पनि केही न केही छिद्र हुन सक्छन्, यत्ति त बुझ्नपर्छ। भन्न खोजेको यत्ति मात्र हो।’
यस्तो छ रिमालले सुनाएको कथा :