Deneme Bonusu Veren Siteler
मङ्लबार, बैशाख ९, २०८२
Tuesday, April 22, 2025

काठमाडौं – रोल्पाको सुनछहरी गाउँपालिका-५ जैमाकसलाका पूर्व वडाध्यक्ष तीर्खबहादुर बुढाथोकी रसिया र युक्रेनको युद्धमा मृत्यु भएको छन् । रुस-युक्रेन युद्धमा परी बुढाथोकीको मृत्यु भएको भनेर फागुन २४ गते खबर आएको हो ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन) - जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने - जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तीर्खबहादुरको मृत्युको खबरले परिवार शोकमा डुबेको छ । २०७४ सालको स्थानीय तह निर्वाचनमा नेकपा एमालेबाट वडाध्यक्ष पदमा निर्वाचित भएका बुढाथोकी २०७९ सालमा पुनः उम्मेदवार बने पनि पराजित भए । त्यसपछि उनी रोजगारीको खोजीमा रसिया गएका थिए ।

पारिवारिक स्रोतका अनुसार, २०८० असोजमा बुढाथोकी रसियन सेनामा सामेल भएका थिए । युद्धका कारण उनले आफन्तसँग बेला-बेला फोन र फेसबुक म्यासेन्जरमार्फत कुराकानी गर्ने गर्थे । तर, फागुन २४ गते उनका परिवारले उनको मृत्युको खबर पाए । यद्यपि, उनको मृत्युको यकिन मिति अझै अज्ञात छ ।

बुढाथोकीले घर फर्कने इच्छा व्यक्त गर्दै आएका थिए । तर, अन्ततः उनी युद्धको शिकार बने । उनको मृत्युको खबर सोमबार सामाजिक सञ्जालमार्फत व्यापक भएको थियो । पूर्व वडाध्यक्ष एवं नेकपा एमालेका स्थानीय नेता रहेका बुढाथोकीको असमयिक निधनले यहाँका राजनीतिज्ञ, जनप्रतिनिधि तथा नागरिक समाज स्तब्ध बनेका छन् ।

सुनछहरी गाउँपालिकाका पूर्व अध्यक्ष आशबहादुर पुनले बुढाथोकीसँग पाँच वर्ष सहकार्य गरेको स्मरण गर्दै घटनालाई अत्यन्त दुःखद बताए । परिवारमा बुढाथोकीका बुबा-आमा, पत्नी, एक छोरा र एक छोरी रहेका छन् । उनका दाजु खगेन्द्रका अनुसार, तीर्ख अवैध तरिकाले रसिया गएका थिए । अब उनको शव फिर्ता हुने सम्भावना कम रहेकाले परिवारले कुशको शव बनाई अन्त्येष्टि सम्पन्न गरेका छन् । ‘अब आश गरेर बस्ने कुरा भएन, हामीले हिजैबाट काजकिरिया थालिसक्यौं,’ खगेन्द्रले भने ।

बुढाथोकी द्वन्द्वकालमा नेपाली सेनामा कार्यरत थिए । तर, माओवादीको प्रभाव रहेको क्षेत्रमा असुरक्षाको महसुस गर्दै उनका अभिभावकले उनलाई जागिर छोड्न सुझाव दिएका थिए । त्यसपछि उनी गाउँमै बसेका थिए । २०६३/०६४ मा अवैध रूपमा इराक जान खोज्दा पक्राउ परेका बुढाथोकी पछि रसिया पुगेका थिए । तर, त्यहीँ युद्धमा उनको ज्यान गएको छ ।

samudra-pari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.

तपाईको प्रतिक्रिया