Deneme Bonusu Veren Siteler
शुक्रबार, बैशाख १२, २०८२
Friday, April 25, 2025

काठमाडौं – मार्क कार्नीले क्यानडाको आगामी प्रधानमन्त्री बन्ने दौडमा जस्टिन ट्रुडोलाई विस्थापित गर्न सफल भएका छन् । लिबरल पार्टीको नेतृत्वका लागि भएको आन्तरिक निर्वाचनमा उनले अन्य प्रतिस्पर्धीहरूलाई ठूलो मतान्तरले पराजित गरेका हुन् ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन) - जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने - जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

कार्नी, जो यसअघि क्यानडा र बेलायतका केन्द्रीय ब्याङ्कहरूको गभर्नर भइसकेका छन्, अब प्रधानमन्त्रीको रूपमा कार्यभार सम्हाल्ने तयारीमा छन् । उनको नेतृत्वमा लिबरल पार्टीले आगामी आम चुनावको सामना गर्नेछ, जसको मिति केही साताभित्र तोकिने अपेक्षा गरिएको छ ।

निर्वाचन जितेपछि ५९ वर्षीय कार्नीले दिएको सम्बोधनमा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको तीव्र आलोचना गरे । उनले क्यानडामाथि लगाइएका व्यापारिक नीतिहरूलाई अन्यायपूर्ण भन्दै त्यसको प्रत्युत्तर दिने प्रतिज्ञा गरे । ‘अमेरिकाले क्यानडालाई कमजोर बनाउने प्रयास गरिरहेको छ, तर हामी झुक्ने छैनौँ,’ उनले भने, ‘अमेरिकीहरूलाई हेक्का रहोस्, हक्कीमा जस्तै व्यापारमा पनि क्यानडाले जित्नेछ ।’

कार्नीले क्यानडाले अमेरिकाको ५१औँ राज्य बन्ने कल्पना समेत अस्वीकार गरे । उनको नेतृत्वमा अल्पमतको सरकार बन्ने सम्भावना छ । उनले या त आम चुनाव घोषणा गर्नेछन् वा विपक्षी दलहरूले संसद्मा अविश्वास प्रस्ताव ल्याएर चुनाव गराउन बाध्य पार्नेछन्। हालैका सर्वेक्षणहरूमा लिबरल पार्टी कन्जरभेटिभ पार्टीसँग प्रतिस्पर्धामा उत्रिएको देखिन्छ । विशेष गरी ट्रम्पले थालेको व्यापार युद्धपछि दुई दलबीचको मतान्तर कम हुँदै गएको छ ।

पूर्वप्रधानमन्त्री जस्टिन ट्रुडोले यस वर्षको जनवरीमा पदत्याग गरेपछि लिबरल पार्टीले नयाँ नेतृत्व चयन प्रक्रिया अघि बढाएको थियो । आवास संकट र महँगीका कारण लोकप्रियता गुमाएका ट्रुडोलाई आन्तरिक दबाबका कारण राजीनामा दिन बाध्य पारिएको थियो । लिबरल पार्टीको निर्वाचनमा कार्नीले ८५.९% मत ल्याएर निकटतम प्रतिस्पर्धी पूर्वअर्थमन्त्री क्रिस्टिया फ्रिल्यान्डलाई सहजै पराजित गरेका थिए । करिब डेढ लाख पार्टी सदस्यहरूले मतदानमा भाग लिएको थियो ।

कार्नीले आफ्नो प्राथमिकतामा क्यानडाको आर्थिक सुधार, स्वच्छ ऊर्जा प्रवर्द्धन, आवास क्षेत्रमा लगानी, र प्रान्तीय व्यापारलाई उदारीकरण गर्ने योजनाहरू रहेको बताए । उनले देशको सिमाना सुरक्षालाई पनि बलियो बनाउने प्रतिबद्धता व्यक्त गरे ।

तपाईको प्रतिक्रिया