Deneme Bonusu Veren Siteler
मङ्लबार, बैशाख २, २०८२
Tuesday, April 15, 2025

काठमाडौं – एलन मस्कको विद्युतीय सवारी कम्पनी टेस्लाको सेयरमूल्यमा निरन्तर गिरावट आएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनमा मस्क सामेल भएयता लगातार सातौँ हप्ता टेस्लाको सेयरमूल्य घटेको हो, जुन कम्पनीको १५ वर्षे इतिहासमै पहिलो पटक देखिएको घटना हो ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन) - जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने - जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

गएको शुक्रबार टेस्लाको सेयरमूल्य २७०.४२ अमेरिकी डलरमा बन्द भयो । यो गत नोभेम्बर ५ मा अमेरिकी आम निर्वाचनको दिन २५१.४४ डलर रहेको थियो, भने डिसेम्बर १७ मा ऐतिहासिक रूपमा ४८० डलरसम्म पुगेको थियो । तर, त्यसयता लगातार सात हप्ता गिरावट आइरहेकाले कम्पनीले करिब ८०० अर्ब अमेरिकी डलर बजार मूल्य गुमाइसकेको छ ।

सेयरमूल्यको यो गिरावटपछि बैंक अफ अमेरिका, बेयर्ड र गोल्डम्यान साक्सलगायत प्रमुख वित्तीय संस्थाले टेस्लाको मूल्य प्रक्षेपण घटाएका छन् । विश्लेषकहरूका अनुसार टेस्लाका गाडीहरूको बिक्रीमा आएको कमी, मस्कले सस्तो मोडलको गाडी नल्याउने निर्णय, र चिनियाँ विद्युतीय सवारी ब्रान्डहरूबाट बढ्दो प्रतिस्पर्धा टेस्लाको सेयरमूल्य घट्नुका मुख्य कारण हुन् ।

त्यसैगरी, मस्कले ट्रम्प प्रशासनअन्तर्गत सरकारी प्रभावकारिता विभागको जिम्मेवारी सम्हालेपछि उनको राजनीतिक भूमिकाले पनि असर पारेको अनुमान गरिएको छ । राजनीतिक संलग्नताका कारण मस्क आलोचनाको पात्र बनेका छन्, जसले उनको कम्पनीप्रति लगानीकर्ताको विश्वासमा कमी ल्याएको बताइन्छ ।

samudra-pari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.

तपाईको प्रतिक्रिया