Deneme Bonusu Veren Siteler
मङ्लबार, बैशाख ९, २०८२
Tuesday, April 22, 2025

काठमाडौं – नेकपा (माओवादी केन्द्र)का सांसद जगप्रसाद शर्माले पूर्वराजा ज्ञानेन्द्र शाहलाई वंश विनाश गरेको आरोप लगाउँदै उनलाई राजा फर्काउने नाटक मञ्चन गरिरहेको दाबी गरेका छन् ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन) - जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने - जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

राष्ट्रिय सभाको आइतबारको बैठकमा बोल्दै सांसद शर्माले नेपालमा राजतन्त्र अन्त्य गर्न कठिन संघर्ष भएको उल्लेख गर्दै हाल प्रतिगामी शक्तिहरू राजा पुनःस्थापनाको प्रयासमा लागेको बताए । उनले भने, ‘नेपालमा राजतन्त्र ढाल्न अढाइ सय वर्षदेखि गाढिएको निरंकुश सामन्तवादविरुद्ध लामो र चुनौतीपूर्ण संघर्ष गरियो । अहिले त्यसलाई पुनःस्थापित गर्न खोज्नेहरू नै विगतमा राजाको वंश विनाश गर्नेहरू हुन् ।’

शर्माले संविधान र व्यवस्थाविरोधी गतिविधिहरूलाई अराजकता भन्दै सरकार यसको नियन्त्रण गर्न असफल भएको आरोप लगाए । ‘संविधान र व्यवस्था विरोधी गतिविधिहरू रोक्न सरकारले किन कदम चाल्न सकिरहेको छैन? देशको आर्थिक अवस्था नाजुक छ, पुँजीगत खर्च ५० प्रतिशतसम्म पनि हुन सकेको छैन । यस्तो अवस्थामा राष्ट्रिय सहमति खोज्नु आवश्यक भए पनि त्यसमा पहल हुन सकेको छैन,’ उनले भने ।

सांसद शर्माले सरकारलाई प्रतिपक्षको आवाज सुन्न, अराजक गतिविधिहरू रोक्न कडा कदम चाल्न र आर्थिक संकट समाधान गर्न आग्रह गरे ।

samudra-pari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.

तपाईको प्रतिक्रिया