Deneme Bonusu Veren Siteler
मङ्लबार, बैशाख ९, २०८२
Tuesday, April 22, 2025
  • संवैधानिक दायराभित्र रहन पूर्वराजा ज्ञानेन्द्र शाहलाई ओली, देउवा र दाहालको चेतावनी

काठमाडौं – नेपालको राजनीतिक परिदृश्य फेरि एकपटक तरंगित बनेको छ । खासगरी पूर्वराजा ज्ञानेन्द्र शाहले देश बचाउनका लागि आफूलाई साथ दिन गरेको आग्रहपछि राजनीति तरंगित बनेको हो ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन) - जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने - जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

उनको अभिव्यक्तिप्रति उत्साहित हुँदै राजावादी शक्ति जुर्मुराउन थालेका छन् । राजाले खोजेको साथ दिन आफूहरू तयार रहेको उनीहरूको भनाइ छ । राजसंस्थाको पक्षमा देखिएको जनसमर्थनबाट गणतन्त्रवादी शक्ति पनि झस्किन थालेका छन् । सडकदेखि सामाजिक सञ्जालका भित्ताहरूमा राजनीतिक दलहरूप्रति जनताको तीव्र आक्रोश र पूर्वराजाप्रति केही सहानुभूति प्रकट भएको देख्न सकिन्छ । राजसंस्थाको पक्षमा माहोल बढ्दै गएको देखेर प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूले पनि राजसंस्थाको विरोधमा चर्का अभिव्यक्ति दिइरहेका छन् ।

राप्रपाले आयोजना गरेका पछिल्ला केही कार्यक्रमहरूमा भिड बढ्दै गएको यथार्थलाई नकार्न सकिने अवस्था छैन । पछिल्ला दिनहरूमा राप्रपा जागेको छ । राप्रपाले राजाको उक्त सम्बोधनपछि पोखरा, बुटवल, धनगढी, नेपालगञ्ज हुँदै काठमाडौंमा शक्ति प्रदर्शन गरेको हो । राप्रपाका सबै प्रदर्शनहरूमा जनताको बाक्लो उपस्थिति देखिनुले गणतन्त्रवादी शक्तिहरू चिन्तामा परेका छन् । कतै यसले ठूलो रूप लिएर देशमा राजसंस्था पुनःस्थापनाको माहोल बन्ने त होइन ? भन्ने त्रास उनीहरूमा फैलिएको छ ।

सत्तारूढ नेपाली कांग्रेस र नेकपा एमाले तथा प्रतिपक्षी नेकपा माओवादी केन्द्रले पूर्वराजा ज्ञानेन्द्र शाहको पछिल्ला गतिविधिलाई अराजक भन्दै त्यसको प्रतिवाद गर्ने चेतावनी दिएका छन् । तीन प्रमुख दलका नेताहरूले पूर्वराजालाई संविधानभित्र बस्न आग्रह गर्दै जबर्जस्ती गरिए सह्य नहुने चेतावनी दिएका हुन् ।

प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले कर्णाली प्रदेशसभालाई सम्बोधन गर्दै राजावादी तत्वहरूले संविधानलाई चुनौति दिँदै सत्ताकब्जा गर्ने प्रयास गरिरहेको आरोप लगाए । उनले वर्तमान व्यवस्थालाई अस्वीकार गर्दै कुनै अनिश्चित गन्तव्यतर्फ मुलुकलाई धकेल्ने प्रयास भएको टिप्पणी गरे । जात, धर्म र पहिचानका नाममा समाजलाई विभाजित गर्न खोजिएको दाबी गर्दै ओलीले संविधानमार्फत नै लोकप्रियता साबित गर्नुपर्ने बताए ।तराई-मधेश जागरण अभियानका क्रममा माओवादी अध्यक्ष पुष्पकमल दाहालले पूर्वराजा शाहलाई खुला रूपमा राजनीतिमा आउन सुझाव दिए । उनले राजतन्त्र फर्काउने प्रयास विफल हुने चेतावनी दिँदै, जबर्जस्ती गर्न खोजिए सह्य नहुने बताए । उनले इतिहासको चक्का पछाडि फर्काउन सम्भव नरहेको स्पष्ट पार्दै, पूर्वराजालाई पार्टी खोल्न र चुनावी प्रक्रियामा आउन सुझाव दिए ।

यसैबीच, कांग्रेस सभापति शेरबहादुर देउवाले गणतन्त्रमा राजतन्त्रको कुनै स्थान नरहेको बताए । उनले पूर्वराजा ज्ञानेन्द्र शाहकै कारण गणतन्त्रको आगमन भएको उल्लेख गर्दै, इतिहासको पुनरावृत्ति सम्भव नभएको धारणा राखे । गृहमन्त्री रमेश लेखकले पूर्वराजालाई नागरिकसरह नेपालमै बस्न पाउने सुविधा लोकतान्त्रिक व्यवस्थाकै देन भएको बताए । उनले लोकतन्त्रलाई कमजोर बनाउने कुनै पनि गतिविधि सह्य नहुने चेतावनी दिए ।

यता, राजसंस्था पुनःस्थापनाका पक्षधर राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले भ्रष्टाचार र बेथितिविरुद्ध तथा हिन्दु राष्ट्र र राजसंस्थाको समर्थनमा देशभर प्रदर्शन जारी राखेको छ । काठमाडौंमा मोटरसाइकल र्‍याली आयोजना गर्दै पार्टीले चैतमा केन्द्रीय प्रदर्शन गर्ने घोषणा गरेको छ ।

यसैबीच, माओवादी केन्द्रले तराई-मधेश जागरण अभियान स्थगित गर्ने निर्णय गरेको छ । संसद्को कामकारबाहीलाई प्रभावकारी बनाउन तथा संघीय लोकतान्त्रिक गणतान्त्रिक प्रणालीविरुद्ध भइरहेको गतिविधिको प्रतिवाद गर्न अभियान स्थगित गरिएको प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए । नेपालको वर्तमान राजनीतिक परिदृश्यमा राजसंस्था पुनःस्थापनाका पक्षधर र गणतन्त्रवादी शक्तिबीच द्वन्द्व चर्किंदै गएको देखिन्छ ।

samudra-pari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.

तपाईको प्रतिक्रिया