Deneme Bonusu Veren Siteler
बिहिबार, जेष्ठ १६, २०८२
Thursday, May 29, 2025

टाेकियाे – पछिल्लो समय एनआरएनएका दुइ पक्षबीचको झगडाको मिलाप त परै जाओस् ’काम कुरो एकातिर, कुम्लो बोकी ठिमी तिर’ भनेझैं, एकथरीलाई बेमौसमी चुनाव र अधिवेशनको हतारो छ भने अर्काथरी देश विदेशका गल्ली-गल्लीमा बरालिँदै  छरपस्ट भेला हुने धन्दामै रमाइरहेका छन्।

वर्गीकृत विज्ञापन

दाञ्चीकाे अनलाइन फारम
के तपाईले जापानमा सरकारी घर (दाञ्ची) को अनलाइन फर्म भनुभयो ? समय सीमित छ, समयमै हामीलाई सम्पर्क गर्नुहोला ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

विदेशमा रातदिन पसिना बगाएर, बिहान–बेलुका मुख जोर्ने संघर्ष गर्दै प्रवासी नेपालीहरूले एनआरएनएको नाममा पठाएको करोडौं रुपैयाँको कुनै ठोस हिसाब छैन। एनआरएनएको भवनको अवस्था अन्योलमै छ, लाप्राकमा बनेका घरहरू प्रयोगविहीन हुँदै जिर्ण बन्दैछन् । ती संरचनालाई पुनः उपयोगमा ल्याउने कुनै स्पष्ट योजना देखिँदैन ।

हालसम्मकाे नेतृत्वले पद र शक्तिको दुरुपयोग गरेकाे आराेप लाग्दै आएकाे छ । यस अवधिमा कसैले पाँचतारे होटल बनाएको, कसैले निजी अस्पताल खोलेको, कसैले निजी बैंक स्थापना गरेको त कसैले ठूला जलविद्युत परियोजनाहरू आफ्नो स्वार्थअनुसार हात पार्ने प्रयास गरेको आरोपहरू खेपीरहेका छन् । 

करिब ८० लाखभन्दा बढी गैर-आवासीय नेपालीहरूको हक, हित र नेपालकाे विकासका लागि सोच्ने फुर्सद कसैलाई भएन । लज्जास्पद कुरा त के छ भने, केही पूर्ब नेतृत्वलाई २०२३-२५ का मुख्य नेतृत्व उम्मेदवारहरूबाट आफ्ना राजनीतिक स्वार्थ मिल्ने टिमकाे निर्माण गरेर चुनाबमा विजय गराउने सर्तमा करोडौं रुपैयाँ असुल गरेका तर अर्को टिम संग त्यो भन्दा बढ़ी रकम असुल गरी उक्त टिमलाई विजय गराउन लागि परेकाे जस्ताे गम्भीर आरोप समेत लागेको छ। यसरी चुनावलाई व्यापार बनाउने, पदलाई कमाउने माध्यम बनाउने र संस्थालाई व्यक्ति विशेषका स्वार्थअनुसार चलाउने प्रवृत्तिले एनआरएनए आज संकटमा परेको छ।

अब प्रवासी नेपालीहरूका लागि संस्थालाई सही मार्गमा ल्याउने बेला आइसकेको छ । एनआरएनएको पवित्र विधानमा लेखिएको उद्देश्य अनुरूप सम्पूर्ण गैर-आवासीय नेपालीहरूलाई एकीकृत गर्दै, प्रवासबाट श्रम, सीप, पुँजी र ज्ञानलाई नेपालमा भित्र्याउँदै राष्ट्रिय समृद्धिको अभियान अघि बढाउनुको विकल्प छैन।

अब हुने एकताको अधिवेशनमा हतार नगरी, समय लिएर भए पनि सही नेतृत्व चयन गर्नुपर्छ । व्यक्तिगत स्वार्थभन्दा माथि उठेर उद्देश्य र परिणाममुखी सोचका साथ अघि बढे मात्र एनआरएनएको भविष्य सुरक्षित हुन सक्छ र प्रवासी नेपालीहरूको हितको लागी सम्भव छ ।

(लेखक पौडेल एनआरएनए जापानका निवर्तमान अध्यक्ष तथा प्रमुख संरक्षक हुन्)

तपाईको प्रतिक्रिया