Deneme Bonusu Veren Siteler
सोमवार, बैशाख १, २०८२
Monday, April 14, 2025

जीवन एक संघर्ष हो, जसलाई धैर्य, समर्पण र निरन्तर प्रयासले मात्र सफल बनाउन सकिन्छ । यसका ज्वलन्त उदाहरण हुनुहुन्छ रामबहादुर क्षेत्री (तिवारी)। उहाँको जन्म धादिङमा भएको थियो, तर हाल काठमाडौँमा बसोबास गर्दै आउनुभएको छ । एक सफल व्यापारी र एक असल पिता हुनुका साथै परिवारप्रति समर्पित उहाँको जीवन, संघर्ष र प्रेरणाले भरिएको छ ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन) - जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने - जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

सानैदेखि जिम्मेवारीप्रति सचेत, परिवारप्रति अगाध माया राख्ने राम बहादुरको जीवन यात्रामा संघर्ष नै सफलता प्राप्त गर्ने प्रमुख सूत्र रह्यो । आफ्नो सन्तानको उज्ज्वल भविष्य निर्माण गर्न अहोरात्र परिश्रम गर्दै आएको उहाँको यात्रा प्रेरणादायी छ । राम बहादुरको प्रारम्भिक जीवन धादिङको मैदि गाउँमा बित्यो । ग्रामीण भेगमा जन्मिएर कठिन परिस्थितिसँग जुध्दै, आफ्नो परिवारको लागि राम्रो अवसर खोज्दै उहाँ काठमाडौँको कालिमाटी आउनुभयो । कालिमाटी त्यो समय हिलो-पानीले भरिएको ठाउँ थियो, सुविधासम्पन्न शहरजस्तो थिएन ।

तर, समयसँगै सबै कुरामा परिवर्तन आउँछ र यो परिवर्तनलाई आत्मसात गर्दै, आफूमा धैर्यता राख्दै, मेहनत गर्दै जानुपर्छ भन्ने उहाँको विश्वास थियो । कालिमाटी बजारलाई आजको स्वरूप दिन उहाँको ठूलो योगदान छ । उहाँको परिश्रम र लगनशीलताको कारणले नै कालिमाटी बजार एक सुविधासम्पन्न व्यापारिक केन्द्रका रूपमा स्थापित हुन सक्यो । यस बजारको इतिहासमा उहाँको नाम सधैं स्मरणीय रहनेछ ।

राम बहादुर केवल सफल व्यापारी मात्रै नभएर जिम्मेवार पिता पनि हुनुहुन्छ । आफ्नो सन्तानको उज्ज्वल भविष्यका लागि कुनै पनि कठिनाइलाई पार गर्दै निरन्तर कर्ममा लागिरहनुभएको छ । उहाँको आँखामा सन्तानप्रतिको माया झल्किन्छ, जसले एक असल अभिभावकको परिभाषा पुष्टि गर्छ ।

उहाँलाई परिवारका सबै सदस्यहरूले एक प्रेरणादायी व्यक्तित्वको रूपमा हेर्छन् । विशेषगरी, म एक बुहारीको नाताले उहाँलाई केवल ससुरामात्र होइन, एक पिता समान अनुभूति गरेकी छु । उहाँले मलाई सधैं छोरीकै स्थानमा राखी हौसला दिनुभयो, प्रोत्साहित गर्नुभयो । हाम्रो समाजमा बुहारीहरू अनेकौं समस्याहरूबाट गुज्रिनुपर्ने अवस्था हुन्छ, तर यदि हरेक परिवारमा उहाँजस्तो ससुरा भेटिन्थे भने, कुनै पनि बुहारी घरायसी शोषणमा पर्दैनथ्यो होला ।

घरमा जति आमाको भूमिका महत्वपूर्ण हुन्छ, त्यति नै महत्वपूर्ण बुबाको भूमिका पनि हुन्छ । आमाको माया सबैलाई देखिन्छ, तर बुबाले गरेको अथाह संघर्ष प्रायः लुकेको हुन्छ । बुबाको संघर्ष, समर्पण र बलिदानले नै परिवारलाई मजबुत बनाउँछ ।

राम बहादुरको अथक परिश्रमले हाम्रो परिवारलाई मजबुत बनाएको छ, जसका लागि हामी सबै सधैं कृतज्ञ रहनेछौं । कुनै दिन मेरो सफलता लेखिनुपर्‍यो भने, पहिलो पृष्ठमा राम बहादुर छेत्री (तिवारी)को नाम सुनौलो अक्षरमा कोरिनेछ । वास्तवमा घरमा जति एउटा आमाको भूमिकाको कथा लेखिन्छ । तर त्यही घरमा बुबाको योगदान र संघर्षको अथाह कथा लुकेको हुन्छ । -बुहारी, रिना सिंगार (तिवारी)

 

samudra-pari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.

तपाईको प्रतिक्रिया