Deneme Bonusu Veren Siteler
मङ्लबार, बैशाख २, २०८२
Tuesday, April 15, 2025

काठमाडौं – अर्को साता साउदी अरबमा अमेरिका र युक्रेनबीच वार्ता हुने तयारी भइरहेको छ, जसलाई ‘अर्थपूर्ण’ हुने अपेक्षा गरिएको छ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले उक्त वार्ताबाट महत्त्वपूर्ण नतिजा आउने आशा व्यक्त गरेका छन् ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन) - जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने - जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

जेलेन्स्की पनि सोही समयमा साउदी अरबमा रहनेछन्, तर उनी वार्तामा प्रत्यक्ष रूपमा सहभागी हुने छैनन् । किएभले ‘छिटो र दीर्घकालीन शान्ति’ स्थापनाका लागि आफूहरू कार्यरत रहेको बताएको छ ।

अमेरिकी प्रतिनिधिमण्डलको नेतृत्व गर्दै पूर्व राष्ट्रपति डोनल्ड ट्रम्पका विशेष दूत स्टीभ विट्कफले रुस-युक्रेन युद्ध अन्त्यका लागि आवश्यक ‘शान्तिका प्रारूप’ पहिल्याउने प्रयास गरिने जानकारी दिए । गत शुक्रवार ह्वाइट हाउसमा जेलेन्स्की र ट्रम्पबीच चर्काचर्की भएको थियो । ट्रम्पले जेलेन्स्कीलाई युद्ध अन्त्य गर्न नचाहेको आरोप लगाएपछि अमेरिकाले युक्रेनलाई दिँदै आएको सैन्य सहायता र खुफिया जानकारी स्थगन गरेको थियो ।

यस घटनाप्रति दु:ख व्यक्त गर्दै जेलेन्स्कीले अमेरिकासँगको सम्बन्ध सुधार्न खोजेका थिए, किनकि अमेरिका युक्रेनको सबैभन्दा ठूलो सैन्य सहयोगदाता रहँदै आएको छ । बिहीवार ट्रम्पले जेलेन्स्कीको पत्र प्राप्त गरेको जानकारी विट्कफले दिएका छन् । सो पत्रमा ‘क्षमायाचना’ र ‘कृतज्ञता’ झल्किएको उनले बताए । ‘आशा गरौँ, अब युक्रेनीहरूसँगका सम्बन्ध सही मार्गमा आउनेछन्,’ उनले थपे ।

अमेरिकाले युक्रेनलाई केही ‘छुट’ दिन दबाब दिएको छ, जबकि युक्रेनले बलियो सुरक्षा सुनिश्चितता खोजिरहेको छ । सन् २०२२ को फेब्रुअरीमा रुसले युक्रेनमाथि आक्रमण गरेको थियो र हालसम्म युक्रेनको करिब २०% भूभागमा नियन्त्रण जमाएको छ ।

बिहीवार ब्रसल्समा आयोजित युरोपेली युनियनको आपत्कालीन बैठकमा भाग लिएपछि जेलेन्स्कीले सामाजिक सञ्जालमार्फत अमेरिका-युक्रेन वार्ताबारे घोषणा गरेका थिए । ब्रसल्स बैठकमा युरोपेली नेताहरूले रक्षा खर्च वृद्धि गर्ने योजना पारित गरेका छन् । ‘युक्रेनी र अमेरिकी टोलीहरूले पुनः वार्ता सुरू गरेका छन् । अर्को साता अर्थपूर्ण छलफल हुने अपेक्षा राख्छौँ,’ जेलेन्स्कीले एक्समा लेखेका छन् ।

उनले युद्ध अन्त्यको आवश्यकता स्वीकार गर्दै रुसमाथि थप दबाव दिन विश्वसमुदायलाई आग्रह गरे । फ्रान्सका राष्ट्रपति एमानुएल माक्रोँले प्रस्ताव गरेको युद्धविराम योजनाबारे पनि जेलेन्स्कीले संकेत गरेका छन् । सो योजनामा हवाई तथा सामुद्रिक क्षेत्रमा युद्धविराम गर्नुका साथै ऊर्जा तथा गैरसैनिक संरचनामाथि हमला बन्द गर्नुपर्ने उल्लेख छ ।

रुसले हालसम्म फ्रान्सको प्रस्तावबारे कुनै सार्वजनिक प्रतिक्रिया दिएको छैन । तर बिहीवार राष्ट्रपति भ्लादिमिर पुटिनले मस्कोले ‘दीर्घकालीन शान्तिको सुनिश्चितता दिने’ सम्झौता चाहेको बताएका छन् । ‘हामीलाई अरूको केही चाहिएको छैन, तर आफ्नो अधिकार कुनै हालतमा छाड्ने छैनौँ,’ पुटिनले बताएका छन् ।

सन् २०१४ मा रुसले युक्रेनको क्राइमिया प्रायःद्वीप गाभेको थियो र त्यसयता युक्रेनको दक्षिणपूर्वका चार क्षेत्रमाथि आफ्नो दाबी गर्दै आएको छ, तर ती क्षेत्रमा पूर्ण नियन्त्रण छैन । हालैका साताहरूमा डोनल्ड ट्रम्पले रुससँगको सम्पर्क बढाएपछि युक्रेन र उसका युरोपेली साझेदारहरू चिन्तित बनेका छन् ।

ट्रम्पले आफ्नो चुनावी अभियानका क्रममा युद्ध चाँडै टुंग्याउने वाचा गरेका थि ए। गत महिना अमेरिका र रुसबीच कुनै युक्रेनी वा युरोपेली प्रतिनिधिबिना नै साउदी अरबमा प्रारम्भिक वार्ता भएको थियो ।

ट्रम्प प्रशासनका अधिकारीहरूले अमेरिकाले युक्रेनलाई दिँदै आएको सैन्य सहायता स्थगन गर्नु किएभलाई अमेरिकी नेतृत्वमा हुन लागेको शान्ति वार्तामा सहमत गराउन गरिएको कदम भएको बताएका छन् । तर रुसलाई पनि त्यस्तै दबाव दिइएको हो वा होइन भन्ने स्पष्ट छैन ।

samudra-pari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.

तपाईको प्रतिक्रिया