Deneme Bonusu Veren Siteler
मङ्लबार, बैशाख २, २०८२
Tuesday, April 15, 2025

नागोया – यतिबेला जापानमा व्यवसाय गर्ने नेपालीको संख्या हजारौं छ । रेष्टुरेन्ट व्यवसाय मात्र गर्ने नेपालीको संख्या जापानमा ५ हजार नाघेको तथ्याङ्क छ ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

जापानको तेस्रो ठूलो शहर नागोयामा रेष्टुरेन्ट व्यवसायसँगै नेपाली लोक संस्कृति जगेर्ना गर्न चौतारी रोधीघर सञ्चालनमा ल्याएको उक्त  रोधीघरका सञ्चालक मनु थापाले बताए । त्यसो त उनको नागोया क्षेत्रमा नै त्यो बाहेक  २ वटा नेपाली रेष्टुरेन्ट सञ्चालनमा रहेको छ । र पनि नेपाली कला संस्कृति जगेर्ना होस् भन्ने लागेर यो  रोधीघर सञ्चालनमा ल्याएको थापा बताउँछन् ।रोधिघर नागोयाको मारुनोउचिमा अवस्थित रहेको छ । रेष्टुरेन्ट हप्ताको पुरै दिन खुले पनि रोधी साँझ भने हाललाई हप्ताको ३ दिन शुक्रबार, शनिबार र आइतबार सञ्चालन हुने छ ।

रोधी साँझमा नेपाली गीत संगीतसँगै नेपाली परिकारको समेत स्वाद लिन पाइन्छ । करिब  ६० सिट क्षमताको उक्त दोहोरी साँझमा विभिन्न कार्यक्रमसँगै जन्मदिन , वैवाहिक वर्षगाँठ लगायतका कार्यक्रम समेत गर्न सकिने बताइएको छ ।रोधी साँझमा यतिवेला जापानमा रहेका नेपाली कलाकारहरुले गीत संगीत प्रस्तुत गर्ने गरेको र बेला-बेलामा नेपालबाट समेत साङ्गीतिक कार्यक्रमको लागि कलाकार आउने चौतारी रोधी साँझका सञ्चालक मनु थापाको भनाई छ ।उनी भन्छन्- ‘मलाई नेपाली संगीत अनि बाजा प्रति ज्यादै नै चाख लाग्ने गर्छ । जापानमा हुने प्रायः नेपाली फेस्टिभलहरूमा आफू पुग्ने र नेपाली बाजाहरूको प्रचार-प्रसार गर्ने गरेको उनी सम्झन्छन् । जापानमा यति धेरै नेपालीहरू छौँ । यहाँ बाट जापनिजहरू लाई हाम्रो कला संस्कृतिको बारेमा चिनाऊ, आफूले पनि नेपाली गीत संगीतलाई माया गरौं ।’

तपाईको प्रतिक्रिया