Deneme Bonusu Veren Siteler
मङ्लबार, बैशाख २, २०८२
Tuesday, April 15, 2025

काठमाडौं – सर्बियाको राष्ट्रियसभामा मंगलबार भएको संसद बैठक तीव्र विवाद र हंगामाले प्रभावित भयो । विपक्षी सांसदहरूले अश्रुग्यास, धुवाँ तथा अन्डा प्रहार गर्दै सरकारविरुद्ध आक्रोश व्यक्त गरे ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन) - जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने - जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

उक्त बैठक विश्वविद्यालयका लागि लगानी वृद्धिसम्बन्धी कानुन पारित गर्न बोलाइएको थियो । तर, विपक्षी दलहरूले सरकारलाई अन्य विवादास्पद निर्णयहरू जबरजस्ती पारित गर्न लागेको आरोप लगाए । उनीहरूले प्रधानमन्त्रीको राजीनामा पहिलो प्राथमिकता हुनुपर्ने अडान राख्दै विरोध प्रदर्शन चर्काए ।

बैठक सुरु हुनु एक घण्टा अघि नै विपक्षी दलहरूले विरोध प्रदर्शन थालेका थिए । नाराबाजीसहितको प्रदर्शन हिंसात्मक बन्दा तीन महिला सांसद घाइते भएका थिए । एक सांसदको टाउकोमा वस्तु प्रहार हुँदा घाइते भएका थिए भने अर्की सांसदलाई स्ट्रोकसमेत भएको थियो ।

विपक्षी दल ग्रिन लेफ्ट फ्रन्टका उपाध्यक्ष राडोमिर लाजोभिकले आगो निभाउने ग्यास हालेका थिए । उनले आफ्नो कदमलाई सर्बियन जनतामाथि १३ वर्षदेखि भइरहेको दमनको प्रतिक्रिया भएको दाबी गरे ।

बुधबार बिहान संसद भवनको बहस कक्ष सफा गरियो, जहाँ प्रहरीको उपस्थिति पनि देखियो । साथै, भ्रष्टाचारको आरोप लगाउँदै ब्यानर फहराउने, गुलाबी र कालो धुवाँ छोड्ने सांसदहरूमाथि अनुसन्धान अघि बढाइएको छ । उनीहरूमाथि मुद्दा चलाउने सरकारको तयारी छ ।

सर्बियाका राष्ट्रपति अलेक्जान्डर भुसिकले यस घटनालाई ‘गुन्डागर्दी’ भन्दै निन्दा गरेका छन् । उनले दोषीहरूमाथि कडा कानुनी कारबाही गरिने चेतावनी दिएका छन् । सत्तारूढ सर्बियन प्रोग्रेसिभ पार्टी (एसएनएस)ले संसदमा भएको अवरोधलाई लोकतान्त्रिक प्रक्रियामाथिको हमला भनेको छ ।

samudra-pari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.

तपाईको प्रतिक्रिया