Deneme Bonusu Veren Siteler
आइतवार, बैशाख ७, २०८२
Sunday, April 20, 2025

टोकियो – गिनिज वर्ल्ड रेकर्ड्सले जापानी महिलालाई विश्वकै सबैभन्दा जेठी महिला नाईको रूपमा मान्यता दिएको छ । पूर्वी जापानको तोचिगी प्रिफेक्चरको नाकागावाकी १०८ वर्षीया शित्सुई हाकोइशीलाई गिनिज वर्ल्ड रेकर्ड्सले बुधबार विश्वकै सबैभन्दा ज्येष्ठ महिला नाईको रूपमा आधिकारिक रूपमा मान्यता प्रदान गरेको हो ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन) - जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने - जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

उनले प्रमाणपत्र पाउँदा छिमेकी र नियमित ग्राहकहरूले उत्सव मनाएका थिए । ‘सानैदेखि जीवन संघर्षले भरिपूर्ण रह्यो, तर म साँच्चै खुशी छु,’ उनले भनिन् ।

हाकोइशीले १४ वर्षको उमेरमा टोकियोस्थित एक नाइशालामा प्रशिक्षार्थीका रूपमा काम गर्न थालेकी थिइन् र १९३६ मा आफ्नो नाईको अनुमतिपत्र प्राप्त गरिन् । नाई पेशामै रहेका श्रीमानसँग मिलेर पसल खोलेकी थिइन्, तर दोस्रो विश्वयुद्धका क्रममा हवाई आक्रमणमा पसल ध्वस्त भएपछि उनी आफ्नो जन्मथलो फर्किन् । श्रीमानको युद्धमा निधन भएपछि उनले आफ्नै घरमा सानो नाइशाला सञ्चालन गरिन् ।

त्यहीबाट दुई छोराछोरीको पालनपोषण गरिन् । मार्च २०२१ मा टोकियो ओलम्पिकको मशाल रिलेमा सहभागी भएर उनी ऐतिहासिक क्षणको साक्षी बनिन् । अहिले उनलाई घुँडाको समस्याले गर्दा पहिलेजस्तो धेरै ग्राहकलाई सेवा दिन कठिन छ । तर, जब बुकिङ आउँछ, उनी अझै पनि कपाल काट्ने आफ्नो सीप देखाउँछिन् । ‘केही मानिस मलाई भेट्न टाढा–टाढाबाट आउँछन्, त्यसैले सक्दोसम्म काम गर्न चाहन्छु,’  हाकोइशीले भनिन् ।

 

तपाईको प्रतिक्रिया