Deneme Bonusu Veren Siteler
बुधबार, बैशाख १०, २०८२
Wednesday, April 23, 2025

काठमाडौं – जिल्ला अदालत नवलपरासीले पाल्हीनन्दन गाउँपालिका अध्यक्ष बैजुप्रसाद गुप्ता (दीपक) लाई लागुऔषध कारोबारमा दोषी ठहर गरेको छ । जिल्ला अदालत नवलपरासीका न्यायाधीश केशवप्रसाद अधिकारीको मंगलबारको इजलासले गाउँपालिका अध्यक्ष गुप्ता र नगरप्रहरी रघुनाथप्रसाद धोबीलाई कसुरदार कायम गरेको हो ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन) - जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने - जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

अदालतले गुप्ता र धोबीलाई कसुरदार कायम गरेको र सजाय निर्धारणका लागि आगामी फागुन २९ गतेलाई पेसी तोकिएको जिल्ला अदालतका सूचना अधिकारी भेषराज खनालले जानकारी दिए । ‘अदालतले गुप्तासहित दुई जनालाई लागुऔषध कारोबारमा कसुरदार ठहर गरे पनि सजाय भने तोकिएको छैन, सजाय निर्धारणका लागि आगामी फागुन २९ गते पेसी तोकिएको छ,’ खनालले भने ।

कसुरदार कायम गरिएका धोबी भने २०७९ असोज २६ गतेदेखि पुर्पक्षका लागि थुनामै रहेका थिए । सोही मुद्दाका आरोपित रामा साह र जितेन्द्र पासवानले यसअघि नै सफाइ पाइसकेका थिए भने पाल्हीनन्दन गाउँपालिका ३ का मन्टु भनिने विवेक प्रसाद पाण्डे फरार छन् ।

गाउँपालिका अध्यक्ष गुप्ताको निर्देशनमा रघुनाथ प्रसाद धोबी र मन्टु भनिने विवेकप्रसाद पाण्डेले रामा र जितेन्द्रलाई लागुऔषध कारोबारमा फसाउन खोजेको अदालतले ठहर गरेको हो । रामा र जितेन्द्र भारतीय नागरिक हुन् ।

रघुनाथ र विवेकले २०७९ साल असार २२ गते रामग्राम नगरपालिका वडा नं. १७ पिपरिहयामा रामा र जितेन्द्र चढेको मोटरसाइकल नजिकै लागुऔषधको झोला फ्याँकेर भागेका थिए । प्रहरीले रामा र जितेन्द्रको मोटरसाइकल नजिकै लागुऔषध डाइजेपाम, नुर्फिन र फेनारगन बरामद भएको भन्दै मुद्दा चलाएको थियो ।

प्रहरीले गुप्तासँगको मिलोमतोमा निर्दोष भारतीय नागरिकलाई फसाउन खोजेको भन्दै आलोचना समेत भएको थियो । सोही घटनाको विषयलाई लिएर तत्कालीन एसपी ऋषिराम कँडेलको सरूवासमेत भएको थियो । कवाड व्यवसायी अध्यक्ष गुप्तासँग रामा र जितेन्द्रले कवाड सामानको कारोबार गर्दै आएका थिए । आरोपित गुप्ता र पीडितहरूबीच कवाड सामानको १ करोड ३५ लाख रुपैयाँ लेनदेनको विषयलाई लिएर विवाद सुरू भएको थियो ।

सोही विवादपछि अध्यक्ष गुप्ताले निर्दोष व्यक्तिहरूलाई फसाउन खोजेको भन्दै कसुरदार कायम गरिएको हो । लागुऔषध अभियोगमा २ वर्षदेखि १० वर्षसम्म कैद र १ लाखदेखि २० लाख रुपैयाँसम्म जरिवाना हुने फैसलामा भनिएको छ ।

तपाईको प्रतिक्रिया