Deneme Bonusu Veren Siteler
मङ्लबार, बैशाख २, २०८२
Tuesday, April 15, 2025

योशिआकी खाचुदा प्रोफेसर, खान्साई युनिभर्सिटी अफ सोसियल वेलफेयर

टाेकियाे – हालैका दिनहरूमा, मदिराजन्य पेय पदार्थको कारण हुने स्वास्थ्य समस्याहरू कार्यस्थलमा पनि चर्चाको विषय बनेका छन् । जब कसैले अत्यधिक मदिरा सेवन गरेर काम गर्न नसक्ने अवस्थामा पुग्छ, मदिराको लतमै रहन्छ वा अफिस आउँदा मदिराको गन्ध आउँछ, तब यो कार्यस्थलमा समस्या विषय बन्छ।

जापान एयरलाइन्सका एक पाइलटले मदिरा नशामै काममा गएको समाचार आएको थियो । जापानमा, मदिरा सेवन गरेको अवस्थामा काम गर्नु निकै गम्भीर रूपमा हेरिन्छ, र यसका कारण कसैको घटुवा हुने (demotion) वा जागिर गुम्ने (dismissal) समेत हुन सक्छ।

यस पटक, हामी अल्कोहल समस्यालाई मूल्याङ्कन गर्ने केही प्रश्नहरू प्रस्तुत गर्न चाहन्छौं। यी प्रश्नहरूको पहिलो अक्षर मिलाएर CAGE भनिन्छ:

  • Cut down: के तपाईंले कुनै दिन मदिरा पिउने मात्रा कम गर्नु पर्छ भन्ने महसुस गर्नुभएको छ?
  • Annoy: के तपाईंले कुनै दिन मदिरा सेवनको कारण अरूबाट आलोचना सुन्दा रिस उठेको छ?
  • Guilty: के तपाईंले मदिरा सेवन गर्नु गलत हो भन्ने महसुस गर्नुभएको छ?
  • Eye opener: के तपाईंले बिहान उठ्नेबित्तिकै वा ह्याङ्गओभर हटाउन मदिरा पिउनुभएको छ?

यदि यी प्रश्नहरूमध्ये कुनै एक वा बढीको उत्तर “हो” आउँछ भने, तपाईंसँग अल्कोहल निर्भरता (alcohol dependence) को सम्भावना हुन सक्छ । हामी सबैले एकअर्कालाई सचेत गराऔं र मद्दत गरौं । ***

(लेखक खान्साई युनिभर्सिटी अफ सोसियल वेलफेयरका प्रोफेसर हुनुहुन्छ ।)

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया