Deneme Bonusu Veren Siteler
आइतवार, बैशाख ७, २०८२
Sunday, April 20, 2025

टोकियो – टोकियो र वरपरका क्षेत्रहरूमा हिमपातको सम्भावना बढेको छ । मौसम विभागले विशेषगरी राजधानीका उपनगरीय क्षेत्रहरूमा भारी हिमपातको चेतावनी दिएको हो ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन) - जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने - जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

सम्भावित ट्राफिक जाम रोक्नका लागि केही राजमार्ग सञ्चालकहरूले केही भागहरू अस्थायी रूपमा बन्द गरेका छन् । जापान मौसम विज्ञान एजेन्सीका अनुसार मंगलबार राति टोकियोको केन्द्र क्षेत्रमा १ सेन्टिमिटर हिमपात मापन गरिएको छ । टोकियोको उत्तरतर्फ रहेको साइतामा प्रिफेक्चरमा पनि सडकहरू सेताम्य भएका छन्, जहाँ चिचिबु क्षेत्रमा करिब ४ सेन्टिमिटर हिउँ जमेको छ ।

टोमेइ र मेट्रोपोलिटन राजमार्गलगायतका केही भागहरू अस्थायी रूपमा बन्द गरिएको छ । टोकियोका साथै फुकुशिमा, तोचिगी, गुनमा, कानागावा, यामानाशी, नागानो र शिजुओका प्रिफेक्चरहरूमा पनि आंशिक रूपमा सडक बन्द गरिने योजना रहेको यातायात मन्त्रालयले जनाएको छ ।

जेआर इस्ट रेलवे कम्पनीले पनि केही रेल सेवाहरू निलम्बन गरेको छ । मौसम विज्ञान एजेन्सीका अनुसार कम दबाबको प्रणाली बुधबारसम्म होन्शु मुख्य टापुको दक्षिणी किनार हुँदै उत्तर-पूर्वतर्फ सर्नेछ, जसले बिहीबारसम्म उत्तरपूर्वी जापानको प्रशान्त तटीय क्षेत्रमा व्यापक हिमपात गराउनेछ ।

samudra-pari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.

तपाईको प्रतिक्रिया