Deneme Bonusu Veren Siteler
बुधबार, बैशाख १०, २०८२
Wednesday, April 23, 2025

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीमाथि अमर्यादित शब्द प्रयोग गरेको भन्दै दुई पत्रकारको पास निलम्बन गरिएको छ । संघीय संसद सचिवालयले प्रधानमन्त्रीलाई अमर्यादित प्रश्न सोधेको भन्दै दुई उनीहरुको पास एक महिनाका लागि निलम्बन गरेको हो ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन) - जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने - जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

सचिवालयले ‘युवा मन नेपाल’ च्यानलका किशोरकुमार श्रेष्ठ र ‘सुनौलो नेपाल’ च्यानलका प्रकाश ओलीका लागि एक महिनासम्मको प्रवेश पास निलम्बन गरेको जानकारी दिएको छ ।

यसअघि, गत फागुन ४ गते प्रतिनिधिसभाको बैठकबाट बाहिरिँदै गर्दा यी युट्यूबका सदस्यहरूले प्रधानमन्त्री ओलीलाई प्रश्न सोध्ने प्रयास गरेका थिए, जसका कारण उनीहरूको यो कदम संसद सचिवालयको ध्यानमा परेको हो । अब उनीहरू संसद भवनमा आगामी एक महिनासम्म प्रवेश गर्न पाउने छैनन् ।

सत्तारूढ एमालेका सांसद सूर्य थापाले फागुन ५ गतेको बैठकमा पत्रकारहरूले प्रधानमन्त्रीलाई प्रश्न सोध्दा प्रयोग गरेका शब्दबारे संसदको ध्यानाकर्षण गराएका थिए । प्रश्न थियो, ‘सामाजिक सञ्जाल विधेयक ल्याएर सरकार तानाशाही प्रवृत्तिमा हिँडेको हो ?’ प्रधानमन्त्री ओलीले जवाफमा भनेका थिए, ‘प्रश्न यहाँ होइन, त्यहीँ (बैठकभित्र) गर्ने हो ।’

अर्का ले सोधेका थिए, ‘तानाशाही प्रवृत्ति किन होला प्रधानमन्त्री ज्यू ? जवाफ दिएर त जानुस् ।’

यस्तो प्रश्नमा एमालेका सांसद सूर्य थापाले संसद बैठकमै आपत्ति जनाएका थिए । यस विषयमा प्रधानमन्त्रीले समेत चासो राखेपछि संसद सचिवालयले एक्सन लिएको हो ।

तपाईको प्रतिक्रिया