Deneme Bonusu Veren Siteler
बिहिबार, बैशाख ४, २०८२
Thursday, April 17, 2025

काठमाडौं – अमेरिका सरकारको कडा अध्यागमन नीतिअनुसार अवैध रूपमा बसोबास गरिरहेका नेपालीहरूलाई स्वदेश फिर्ता पठाउने क्रम जारी छ । गैरकानूनी रूपमा अमेरिकामा काम गरिरहेका तथा अध्यागमन अदालतबाट निष्कासन आदेश पाएका नेपाली नागरिक बोकेको अमेरिकी विमान काठमाडौंका लागि उडेको छ ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन) - जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने - जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

अमेरिकी वायुसेवा कम्पनी ग्रिफोन एयरको चार्टर्ड जहाजमार्फत १० जना नेपाली नागरिक स्वदेश फिर्ता हुँदैछन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतका अनुसार उक्त विमान काठमाडौं अवतरणका लागि अनुमति दिइएको छ । ग्रिफोन एयरको सानो विमान गल्फजेटस्ट्रिम आज बिहान १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछ ।

जहाज अमेरिकाको न्यू ह्याम्पसायर राज्यस्थित पोर्टसमाउथ अन्तर्राष्ट्रिय विमानस्थलबाट उडिसकेको छ । अल्बानियाको तिराना अन्तर्राष्ट्रिय विमानस्थलमा केही यात्रुहरू ओरालेर सो जहाज नेपालका लागि उड्ने बताइएको छ । त्रिभुवन विमानस्थलमा अवतरण गरेपछि यी नेपालीहरूलाई अध्यागमन तथा अन्य आवश्यक कानुनी प्रक्रिया पूरा गरी सम्बन्धित निकायमार्फत अभिभावकत्वमा जिम्मा लगाइनेछ ।

यसअघि मंसिर ३० गते अमेरिका सरकारले चार्टर विमानमार्फत १५ जना नेपालीलाई स्वदेश फर्काइरहेको थियो । पछिल्लो समय अमेरिकी अध्यागमन नीति अझै कडा बनाइँदा अवैध रूपमा बसोबास गरिरहेका नेपालीहरू थप जोखिममा परेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दोस्रो कार्यकाल सम्हालेलगत्तै अवैधरूपमा अमेरिकामा बसिरहेका आप्रवासीलाई देशनिकाला गर्ने कडा नीति लागू गर्ने घोषणा गरेका थिए ।

नेपाल सरकार तथा सम्बन्धित निकायले अमेरिकी अध्यागमन नीतिका कारण आफ्ना नागरिकलाई पर्ने प्रभावको मूल्यांकन गर्दै आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । अध्यागमन मामिलासँग जोडिएका कानुनी सल्लाहकारहरूले नेपाली नागरिकलाई विदेश यात्रा गर्नुअघि आवश्यक कागजात पूरा गर्न र कानुनी प्रक्रिया पूरा गरेर मात्रै यात्रा गर्न सुझाव दिएका छन् ।

आगामी दिनमा अमेरिकाबाट थप नेपालीहरूलाई फिर्ता पठाइने सम्भावना रहेको अनुमान गरिएको छ । अमेरिकी अध्यागमन विभागले गैरकानुनी आप्रवासीहरूलाई लक्षित गर्दै व्यापक छानबिन गरिरहेको बताइन्छ ।

samudra-pari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.

तपाईको प्रतिक्रिया