Deneme Bonusu Veren Siteler
बुधबार, बैशाख १०, २०८२
Wednesday, April 23, 2025

समाचार सुन्नुहोस : 

काठमाडौँ – जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख राजकुमार थापा नेकपा एमालेबाट निलम्बित भएका छन्। मंगलबार पोखरामा सम्पन्न गण्डकी प्रदेश सचिवालयको चौथो बैठकले, उनको मुद्दा अन्तिम टुंगो नलागेसम्मका लागि निलम्बन गर्ने निर्णय गरेको हो। थापा एमाले म्याग्दीका पूर्वउपसचिव तथा प्रदेश कमिटी सल्लाहकार परिषद्का सदस्य हुन्। उनी बेनीस्थित कुमारी बहुउद्देश्यीय सहकारीको डेढ अर्ब रुपैयाँ हिनामिना प्रकरणमा पक्राउ परेका छन्। हाल म्याग्दी जिल्ला अदालतमा उनीविरुद्धको मुद्दामाथि बहस जारी छ।

बैठकलाई सम्बोधन गर्दै स्थायी कमिटी सदस्य तथा प्रदेश इन्चार्ज किरण गुरुङले, तीन महिने पार्टी अभियानलाई प्रभावकारी बनाउन कार्ययोजना तय गरिने बताए। उनले पार्टीविरुद्ध फैलाइएका अफवाहको प्रतिकार गर्दै संगठन सबलीकरणमा ध्यान दिन आग्रह गरे। प्रदेश कमिटी सचिव धनन्जय दवाडीका अनुसार बैठकले आगामी अभियानको तयारी तथा जिम्मेवारी बाँडफाँटसमेत गरेको छ। साथै, सहकारी घोटालामा संलग्न पार्टी पदाधिकारीलाई निलम्बन गर्ने निर्णय पनि गरिएको उपसचिव मञ्जु अधिकारीले जानकारी दिए।

बैठकमा बागलुङ, लमजुङ, गोर्खा, तनहुँ, पर्वत, म्याग्दी र कास्कीका अध्यक्षहरूले आ–आफ्नो जिल्लाका गतिविधिबारे जानकारी गराएका थिए। बैठक प्रदेश कमिटी अध्यक्ष नवराज शर्माको अध्यक्षतामा सम्पन्न भयो।

 

 

 

 

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया