Deneme Bonusu Veren Siteler
मङ्लबार, बैशाख २, २०८२
Tuesday, April 15, 2025

समाचार सुन्नुहोस : 

काठमाडौँ – ९७औं अकादेमी अवार्ड समारोहमा २३ विधाका विजेताहरू घोषणा गरिएका छन्। लस एन्जलसमा सम्पन्न कार्यक्रममा यौनकर्मीको जीवन कथामा आधारित फिल्म ‘अनोरा’ले सर्वाधिक पाँच विधामा अवार्ड जित्न सफल भयो। यसले उत्कृष्ट चलचित्र, उत्कृष्ट निर्देशक र उत्कृष्ट अभिनेत्री लगायतका प्रमुख पुरस्कार हात पार्यो।

‘द ब्रुटालिस्ट’ फिल्मका लागि एड्रियन ब्रोडीले उत्कृष्ट अभिनेताको अवार्ड जिते। त्यस्तै, यसै चलचित्रका लागि बेलायती सिनेमाटोग्राफर लोल क्राउलीले उत्कृष्ट छायांकनको अवार्ड प्राप्त गरे। जोई साल्दानाले ‘एमिलिया पेरेज’ फिल्ममा गरेको उत्कृष्ट अभिनयका कारण उत्कृष्ट सह-अभिनेत्रीको अवार्ड जितिन्। उनले यस अवार्डलाई ऐतिहासिक मानेर आफू डोमिनिकन मूलकी पहिलो अमेरिकी विजेता भएको बताइन्।

यस वर्षको सर्वश्रेष्ठ अन्तर्राष्ट्रिय फिचर अवार्ड ब्राजिलियन फिल्म ‘आई एम स्टिल हियर’ ले जित्यो। उक्त फिल्म ब्राजिलका राजनीतिज्ञ रुबेन्स पाइभाको बेपत्ताको घटनामा आधारित छ। साइ-फाइ चलचित्र ‘ड्युन: पार्ट टु’ले उत्कृष्ट ध्वनि र उत्कृष्ट दृश्य प्रभाव गरी दुई विधामा अस्कर अवार्ड प्राप्त गर्‍यो। फ्र्याङ्क हर्बर्टको उपन्यासमा आधारित यो चलचित्र दर्शक र समीक्षकबाट अत्यधिक प्रशंसा पाउँदै आएको छ।

हेरौँ, विजेताहरूको सूची – 

फिल्म : अनोरा
निर्देशक : सिन बेकर (अनोरा)
अभिनेता : एड्रियन ब्रोडी (द ब्रुटलिस्ट)
अभिनेत्री : मिकी माडिसन (अनोरा)
सहायक अभिनेत्री : जोय साल्दाना (एमिलिया पेरेज)
सहायक अभिनेता : किरन कल्किन (अ रियल पेन)
सम्पादन : सिन बेकर (अनोरा)
छायाङ्कन : लल क्रली (द ब्रुटलिस्ट)
एडप्टेड स्क्रिनप्ले : कन्क्लेभ
मौलिक पटकथा : सिन बेकर (अनोरा)
कस्ट्युम डिजाइन : विक्ड
लाइभ एक्सन सर्ट : आइएम नट अ रोबट
मेकअप एण्ड हेयर स्टाइलिङ : द सब्सटेन्स
अन्तर्राष्ट्रिय फिचर : आइएम स्टिल हेयर (ब्राजिल)
ओर्जिनल स्कोर : डेनियल ब्लमबर्ग (द ब्रुटालिस्ट)
एनिमेटेड सर्ट : इन द स्याडो अफ द साइप्रस
प्रोडक्सन डिजाइन : विक्ड
ओर्जिनिल सङ : एल मल (एमिलिया पेरेज)
डकुमेन्ट्री सर्ट : द वन्ली गर्ल इन द अर्केस्ट्रा
डकुमेन्ट्री फिचर : नो अदर ल्याण्ड
भिजुअल इफेक्ट : ड्युन पार्ट-२
साउण्ड : ड्युन पार्ट-२

 

 

 

 

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया