Deneme Bonusu Veren Siteler
आइतवार, बैशाख ७, २०८२
Sunday, April 20, 2025

टाेकियाे – जापानका २,३४३ खाद्य र पेय पदार्थहरूको मूल्य मार्च महिनाबाट वृद्धि हुने भएको छ । जसले उपभोक्ताहरूको दैनिक जीवनमा थप दबाब पर्न सक्ने अनुमान गरिएको छ । जापानको प्रमुख अनुसन्धान संस्थान टेइकोकु डाटाब्याङ्कले यस विषयमा जानकारी दिएकाे छ ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

टेइकोकु डाटाब्याङ्कको गरेको सर्वेक्षणअनुसारमा १९५ खाद्य उत्पादन कम्पनीहरूको रिपोर्ट अनुसार खाद्य पदार्थहरूको मूल्य यस वर्ष लगातार तीन महिनासम्म वृद्धि भइरहेको छ । यो वर्षको मूल्यवृद्धि गत वर्षको तुलनामा धेरै बढी हाे, जसले जापानी उपभोक्ताहरूलाई चिन्तित बनाएको छ ।

सर्वेक्षण अनुसार सबैभन्दा ठूलो मूल्य वृद्धि प्रशोधन गरिएका खाद्य वस्तुहरूमा हुने बताइएको छ । यसमा १,३८१ जस्तै जमेका खाना, फास्ट फूड, नूडल्स र अन्य तयारी खाद्य पदार्थहरू समावेश छन् । यसका साथै, मासु, डेरी, फलफूल र पेय पदार्थकाे मूल्य पनि बढ्नेछ ।

विशेषज्ञहरूका अनुसार, मूल्यवृद्धिको मुख्य कारण आयातित सामग्री र  कच्चा पदार्थको उच्च मूल्य, साथसाथै जापानी येनकम्जाेर हुनु पनि रहेको छ । यी कारणहरूले गर्दा खाद्य उत्पादकहरूलाई उत्पादन लागतमा वृद्धि भएको छ, जसका कारण उपभोक्ताहरूसम्म मूल्य वृद्धिकाे असर पुगेकाे छ । 

अर्को चासोको विषय भनेको, यो मूल्य वृद्धि केवल मार्च महिनामा सिमित रहने छैन । निर्माता कम्पनीहरूले आगामी अगष्ट महिनासम्म थप मूल्य वृद्धि हुने जनाएका छन् । जसको कुल संख्या १०,७९७ उत्पादनहरूको मूल्यमा वृद्धि हुने अनुमान गरिएको छ। यसले गर्दा उपभोक्ताहरूको बजेटमा ठूलो असर पर्ने देखिन्छ ।

जापानी सरकार यस स्थितिलाई नियन्त्रण गर्न सक्ने उपायहरू तयारीमा छ र उपभोक्ताहरूसम्म राहत पुर्‍याउने योजना बनाउन सुरु गरेको छ । यसमा खाद्य वस्तुहरूको मूल्य नियन्त्रण र सहायता कार्यक्रमहरू समावेश गर्न सकिने आशा गरिएको छ । वर्तमानमा यो मूल्यवृद्धि जापानका लागि मात्र होइन, विश्वभरका धेरै राष्ट्रहरूको लागि गम्भीर चुनौती बनेको छ र यसले वैश्विक अर्थतन्त्रमा स्थायित्वको समस्या थप गहिरो बनाएको छ ।

तपाईको प्रतिक्रिया