Deneme Bonusu Veren Siteler
सोमवार, बैशाख १, २०८२
Monday, April 14, 2025

आजको नेपाली समाजको औसत अवस्थालाई नियाल्ने हो भने नाति पुस्ता विदेशमा हुर्कदैं छ, उता घरदेशमा बूढ्यौली लागेका हजुरबुवा र हजुरआमाहरुको आफ्ना सन्तानबाट टाढिनु पर्दाको पीडा सुनिदिने कोही छैनन् । ‘सावाँकोभन्दा ब्याजको माया’ भनिएझैं आजको हजुरबुवा पुस्ताले नाति–नतिनासंग समय बिताउने उत्कट चाहना र त्यसबाट प्राप्त हुने स्वर्णिम आनन्द एवम् अवसर गुमाउनु परेको छ । कतिपय अवस्थामा रहर वा बाध्यताले अवलम्वन गर्नुपरेको वैदेशिक रोजगारीका कारण आज हाम्रो नेपाली समाजमा हजुरबुवा पुस्ता र नाति पुस्ताबीचको दूरी फराकिलो बन्दै गएको छ । भौतिकरुपमा संगै नहुँदा विदेशीभूमिमा हुर्कदै गरेका आफ्ना सन्तानसंग नियमित संवाद नहुनु, संवाद भईहाले पनि भाषाका कारण खुलस्त हुन नसक्नु, सानैबाट टाढिएपछि सामिप्यता, आत्मियता र अपनत्वभावमा ह्रास आउनु जस्ता समस्याहरु क्रमशः बढ्दै गईरहेका छन् । जसले गर्दा आजका हजुरबुवा पुस्तालाई निराशा तुल्याएको छ भने विदेशमा हुर्किरहेको नाति पुस्तामा नेपालसंगको कनेक्शन बिरानो हुँदै जान थालेको छ । यसकारण पनि नेपाली भाषा, साहित्य, सँस्कृति, रितिरिवाज, चाडपर्व जस्ता आधारभूत विषयमा उनीहरुको लगाव टुट्दै जानु स्वभाविकै हो । अन्ततोगत्वाः एकदिन उनीहरु यस्तो बिन्दुमा पुग्नेछन्, नेपालीका सन्तान भएर पनि उनीहरुमा नेपालीपन बाँकी नरहन सक्छ । यस्तो अवस्थामा नेपालमा हुने हजुरबुवा पुस्ता र विदेशमा हुने नाति पुस्ताबीच कथम्कदाचित् भेट भईहाले पनि उनीहरुबीचको सम्बन्ध त्यति सुमधुर नहुन सक्छ । भाषा वा निकटताका कारण जब दोहोरो संवाद टुट्छ अनि बाँकी रहने भनेको केवल एउटा मायाको त्यान्द्रो न हो । त्यसैले आज घरदेशमा बूढ्यौलीका दिनहरु गुजार्दै गरेका हजुरबुवा पुस्ता र परदेशमा हुर्कदैं गरेका नाति पुस्ताबीच गहिरिदैं गईरहेको खाडल चिर्नका लागि गम्भीर भएर सोच्ने बेला आएको छ । यो आम नेपालीका लागि चिन्ता र चासोको विषय हुनुपर्दछ ।
यस्तो परिस्थितिमा न त बूढ्यौली लागेका हजुरबुवा–हजुरआमाहरु सँधैका लागि विदेश बस्नेगरी आउन संभव छ, न त विदेशमा हुर्किरहेका नाति पुस्ता सँधैका लागि विदेश छोडेर नेपाल जान सक्छन् । निकट भविष्यमै यो खालको स्थिति आउने निश्चित प्रायः छ । उहिलेका वैदेशिक रोजगारी निश्चित समयका लागि हुन्थ्यो, एक दिन आफ्नो थातथलो फर्कन्थे र आफ्नो कमाईको धेरैजसो हिस्सा आफ्नै थातथलोमा पुग्थ्यो र खर्चिईथ्यो । तर अहिले समयमा आएको बद्लावसंगै रोजगारीका लागि जुन–जुन मुलुकमा गएका हुन् उनीहरु अधिकाँश स्थायीरुपमा उतै बस्ने गरेका कारण विदेशमा जन्मेका, हुर्केका र विदेशकै शिक्षा हासिल गरिरहेका हाम्रा नानीबाबुहरुलाई देशको माटोसंग जोड्न तदअनुरुपका क्रियाकलाप तथा कार्यक्रमहरु हुनुपर्ने देखिन्छ, तर यतातिर कसैको ध्यान गएको देखिदैंन ।
भाषा एउटा यस्तो शक्तिशाली माध्यम हो, जसले दुई आत्माबीचको भावनालाई जस्ताको तस्तै सञ्चार गर्दछ र तत्काल नजिक तुल्याउँदछ । त्यसकारण यो अद्भुत शक्तिशाली छ । भाषा संगसंगै हाम्रा साँस्कृतिक मूल्य–मान्यता, रितिरिवाज, चाडपर्व र खानपानले पनि मुलुकसंग जोड्न प्रेरित गर्दछ । विदेशमा हुर्किरहेको नेपाली नयाँ पुस्तालाई कसरी हुन्छ, मुलुकसंग जोड्ने र मुलुकप्रतिको कर्तव्यबाेध गराउने सन्दर्भमा समाजका जिम्मेवार अगुवाहरुको ध्यान जानुपर्दछ । हामीले बेलैमा सहि बाटो देखाउन सकेनौ भने उनीहरुको निश्चित उमेर पुगिसकेपछि हामीले चाहेर पनि उनीहरुलाई हाम्रो अनुसार बनाउन सक्दैनौं । किनभने त्यतिबेलासम्म धेरै ढिला भईसकेको हुने छ ।
त्यसैले विदेशमा हुर्कदैं गरेका नातिपुस्ता र सन्तान सुखको वास्तविक अनुभव गर्नबाट वञ्चित हुनुपर्दा निराशिएर बूढ्यौली दिन काटिरहेका हजुरबुवा पुस्तालाई एकअर्काबीच संगै बस्न पाउने वातावरण तथा अधिकार स्थापित गराउन जापान सरकारको सम्बन्धित निकायको ध्यानाकर्षण गराउनुपर्ने देखिन्छ । यसका लागि हामी विदेशमा बस्ने नेपालीहरुको एकता सहितको सामुहिक पहलकदमी वाञ्छनीय छ ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया