Deneme Bonusu Veren Siteler
बिहिबार, बैशाख ४, २०८२
Thursday, April 17, 2025

टोकियो – बेलायतमा नेपाली व्यवसायीहरुको एउटा समूहले १ करोड पाउण्ड अर्थात झण्डै १ अर्व ७५ करोड नेपाली रुपैयाँ बराबरको लगानीमा एउटा सपिङ मल खरिद गरेका छन् । पुरण गिरी, नारायण गिरी र राजकुमार गुरुङको समूहले अल्डरशर्ट टाउन सेन्टरमा उक्त सपिङ मल खरिद गरेको हो । 

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

बेलायतमा नेपालीहरुले यो तहको प्रिमियम लोकेशनमा सपिङ मल खरिद गरेको संभवत अहिलेसम्मकै सबैभन्दा ठूलो लगानी हो । सपिङ सेन्टरमा ५६ वटा व्यापारिक युनिटहरु, ९ तले अफिस भवन, ६ वटा फ्रि होल्ड भवन छन् । मलमा बैंक, हुलाक कार्यालय, म्याक्डोनाल्ड्स, सव वे, जे.डी. स्पोर्टस, बुड्स जिम, स्पेकसेभर लगायत ५ सय क्षमताको कार पार्किङ पनि रहेको छ । मल भित्र ४० हजार बर्ग फिटसम्मका एउटै युनिट रहेका छन् । 

उक्त मल नेपालीले खरिद गरेसंगै त्यस क्षेत्रमा बसोवास गर्ने नेपालीहरुका लागि रोजगारीको अवसर खुल्ने अपेक्षा गरिएको छ । स्मरणरहोस, बेलायतको अल्डरशर्ट टाउन नेपालीहरुको बाक्लो बसोवास रहेको क्षेत्र मानिन्छ । विशेष गरेर त्यहाँ नेपाली भूतपूर्व बेलायती सेनाका परिवारहरुको बाक्लो बसोबास रहेको छ । बेलायती सेनाबाट अबकाश प्राप्त गोर्खालीहरुका परिवारलाई बेलायत सरकारबाट आप्रवासनको सुबिधा पाएसंगै ९० को दशकको उत्तरार्धबाट उनीहरु बेलायतमा सपरिवार स्थायीरुपमा बस्न थालेका हुन् ।  

भूतपूर्व गोर्खा सैनिकका परिवार स्थायीरुपमा बेलायतमै बस्न थालेयता विशेषगरी अल्डरशर्ट टाउन नेपालीहरुको रोजाईमा पर्न थालेको बेलायतबाट भूतपुर्व गोर्खा सैनिक बेलबहादुर बुढाथोकीले नेपाली समाचारलाई बताउनुभयो । 

अल्डरशर्ट टाउनमा नेपाली भान्सामा पाक्ने परिकारका लागि चाहिने मरमसला, थरिथरिका दाल, गुन्द्रुक, टिमुर, सिस्नोको ढुलो, कोदो–फापरको पिठो, मकैको च्याँख्ला, खैनी, सूर्ती लगायत नेपाली वियर, रम लगायतका खाद्य तथा पेय पदार्थ पाईने ग्रसरी शप, बुटिक, सुनचाँदीका गहना पसल, नेपाली खाना पाईने रेष्टुरेन्ट, ब्युटी पार्लर, रेमिट्यान्स, रियल स्टेट जस्ता पसल एवम् नेपालीहरु जमघट हुने स्थानहरु रहेका छन् । 

स्थायीरुपमा बेलायत बस्ने नेपालीहरुको संख्या बढेसंगै त्यहाँ रहेको मिनी नेपाल क्रमशः ठूलो हुँदै गएको नेपाल पत्रकार महासंघ युरोपका अध्यक्ष केजिन राईले नेपाली समाचारलाई बताउनुभयो । ***

तपाईको प्रतिक्रिया