टोकियो – जापानको कानागावा प्रिफेक्चरको सागामिहारा सहरमा पत्नी हत्याको आरोपमा वृद्ध पक्राउ परेका छन् । ८० वर्षीया पत्नी सुमिको कानाईको हत्या गरेको आशंका प्रहरीले ८३ वर्षीय नोबोरु कानाईलाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार, नोबोरु फेब्रुअरी २५ तारिखको राति पत्नी सुमिको घाँटी थिची हत्या गरेको स्वीकार गरेका छन् । उनले प्रहरीसमक्ष आफ्नी पत्नीको हेरचाह गर्न थाकेको बताएका छन् । सुमिको ओछ्यानमै सुत्ने (शय्याश्रित) थिइन् ।
फेब्रुअरी २६ तारिखको दिउँसो, एक हेरचाहकर्ताले उनलाई ओछ्यानमै अचेत अवस्थामा फेला पारेका थिए । उनलाई तत्कालै अस्पताल लगिएको थियो, जहाँ चिकित्सकहरूले उनलाई मृत घोषणा गरे ।
samudra-pari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.
samudra-pari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.