Deneme Bonusu Veren Siteler
बिहिबार, बैशाख ११, २०८२
Thursday, April 24, 2025

समाचार सुन्नुहोस : 

काठमाडौँ – अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (यूएसएआइडी) को सहयोग रोकिएपछि नेपालमा यस वर्ष हुने गैंडा गणना प्रभावित भएको छ। दातृ निकायको सहयोगमा मात्र सञ्चालन हुँदै आएको गणना कार्यक्रम आर्थिक अभावका कारण संकटमा परेको हो। हरेक पाँच वर्षमा हुने गैंडा गणना यस वर्ष चैत ५ देखि २५ गतेसम्म गर्ने तयारी थियो।

गणनाका लागि आवश्यक जीपीएस उपकरण, ल्यापटप, टेन्ट, खाना पकाउने भाँडासहितका सामग्री खरिद गर्न झन्डै ५० लाख रुपैयाँ खर्च लाग्ने अनुमान थियो। जुन रकम यूएसएआइडीले उपलब्ध गराउने सहमति भएको थियो। तर, सहयोग रोकिएपछि खरिद प्रक्रिया नै रोकिएको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका सूचना अधिकारी हरिभद्र आचार्यले जानकारी दिए। गणनाका लागि करिब डेढ करोड रुपैयाँ आवश्यक पर्ने भएकाले अन्य निकायले सो सम्पूर्ण खर्च व्यहोर्न नसक्ने अवस्था छ। यूएसएआइडीको जलजङ्गल परियोजना, विश्व वन्यजन्तु कोष नेपाल, राष्ट्रिय प्रकृति संरक्षण कोषलगायत निकायको सहकार्यमा गणना गर्ने योजना थियो। तर, आवश्यक उपकरण किन्ने सहयोग नै रोकिएपछि कार्यक्रम स्थगित गर्नुको विकल्प नरहेको अधिकारीहरूले बताएका छन्।

यस वर्ष गैंडा तथा अर्को वर्ष बाघ गणना गर्ने योजना थियो। तर, सहयोग रोकिँदा बाघ गणना पनि प्रभावित हुन सक्ने चिन्ता राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक डा. रामचन्द्र कँडेलले व्यक्त गरे। पछिल्लो पटक २०२१ मा गरिएको गणनामा नेपालमा ७५२ गैंडा भेटिएका थिए। सन् १९६५ मा १०० वटामा झरेको गैंडाको सङ्ख्या संरक्षण प्रयासपछि क्रमशः बढ्दै आएको छ। गणनासँगै कुन क्षेत्रमा कति गैँडा छन् यकिन हुने र व्यवस्थापनमा सहज हुन्छ।

 

 

 

 

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया